धरान: विभिन्न पार्टीमा आवद्ध रहेका २० जना युवाहरु जनता समाजवादी पार्टी प्रवेश गरेका छ्न्।
धरान १५ स्थित चुम्लुङ हिम परिसरमा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राईले पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गरेका थिए । पार्टीका अनुसार चन्द्र सोताङ, जगत घताने, शिव इस्बो, रामप्रसाद राई, हरेन्द्र बिक, दिलकुमार लिवाङ, श्यामकुमार श्रेष्ठ, श्री कुमार श्रेष्ठ, बसन्ती श्रेष्ठ, गंगा चेम्जोङ, पृथ्वी चेम्जोङ, अशोकचन्द्र राई, बिस्ना लिम्बु, बिनोद राई, तेज इस्बो, रुपेश इश्बो, सोममाया लिम्बू, चन्द्रकला श्रेष्ठ, दवा शेर्पा, ज्ञानबहादुर राई रहेका छन् ।
कार्यक्रममा वरिष्ठ नेता अशोक राईले पार्टी बैकल्पिक र थप मजबुत बनाएर जानको लागि सबै लाग्नुपर्ने बताए । तेस्रो शक्ति भए पनि पर्याप्त नभएको बताउदै चुनाब नजिकै आईसकेकोले सबै तयारी अवस्थामा रहनुपर्ने बताए। उनले नेपालको वर्तमान संविधानले आदिवासी मधेसी दलित समुदायलाई समेट्न नसकेको पनि बताए । पार्टी प्रवेश गर्नेहरु मध्येबाट चन्द्र सोताङले बोल्दै आफु यसअघि वाइसीएलको इन्चार्ज समेत भएको बताए । उनले अन्य पार्टीसँग चित्त नबुझेको भन्दै पार्टीले जनताको काम गर्नुपर्ने बताए।