धरान: सत्तारुढ दल नेकप निकट दुई विद्यार्थी संगठनबीच सुनसरी जिल्लामा एकता प्रक्रिया सम्पन्न भएको छ ।

पुर्वएमाले निकट अनेरास्ववियु र पुर्वमाओवादी निकट अखिल क्रान्तिकारीबीच एकता प्रक्रिया सम्पन्न भएको हो । अनेरास्ववियु सुनसरीको संयोजकमा यसअघि नै पुर्वएमोले निकट विद्यार्थी संगठनबाट जिबि गजल र सहसंयोजकमा पुर्वमाओवादी निकट संगठनबाट बुद्रोस लिम्बु तोकिएका थिए । दुवैले आज विज्ञप्ती जारी गर्दै ६१ सदस्यीय जिल्ला कमिटि बनाउदै एकता प्रक्रिया सम्पन्न गरेको जानकारी दिएका छन् । संगठनका ईञ्चार्ज, सहइञ्चार्जहरुसहित विभिन्न चरणमा बसेको बैठकले एकतालाई पुर्णता दिन सफल भएको विज्ञप्तीमा उल्लेख छ ।

संगठनको ७ सदस्यीय जिल्ला कार्यालय(पदाधिकारी) बनाउने पनि निर्णय भएको जानकारी दिइएको छ । कार्यालयको संयोजकमा जिबि गजल, सहसंयोजकमा बुद्रोस लिम्बु छन् भने सदस्यहरुमा रोशन रेग्मी, सिएम पौडेल, सुमन कार्की, अर्जुन पौडेल र मोनालिसा श्रेष्ठ रहेका छन् । यस्तै, २१ सदस्यीय जिल्ला सचिवालय पनि गठन गरिएको विज्ञप्तीमा जानकारी दिइएको छ ।

 संगठनले सुनसरीको विभिन्न ७ क्याम्पसको संयोजक र सहसंयोजकको पनि जिम्मेवारी तोकेको जानकारी दिएको छ । जसअनुसार सुनसरी बहुमुखी क्याम्पस इनरुवाको संयोजकमा रोहित साह र संयोजकमा सज्जाद आलव तोकिएका छन् । सप्तकोशी बहुमुखी क्याम्पस बराहक्षेत्रको संयोजकमा अनिल राई र सहसंयोजकमा सुरज भट्टराई, जनता बहुमुखी क्याम्पस इटहरीको संयोजकमा उज्वल सिग्देल र सहसंयोजकमा अर्जुन पौडेल तोकिएको छन् ।

यसैगरि, पुर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानको संयोजकमा प्रदिप घिमिरे र सहसंयोजकमा अरुण कटवाल,केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानको संयोजकमा किरण निरौला र सहसंयोजकमा आशिक थापा, महेन्द्र बहुमुखी क्याम्पस धरानको संयोजकमा रविन श्रेष्ठ र सहसंयोजकमा शेखर रेग्मी तोकिएको छन् भने पिण्डेश्वर विद्यापिठ धरानको संयोजकमा नरेन्द्र ढुंगेल र सहसंयोजकमा पवन अधिकारी तोकिएका छन् । क्याम्पस कमिटिलाई जिल्ला कमिटिसँग समन्वय गरेर पुर्णता दिइने जिल्ला कमिटिका सहसंयोजक बुद्रोस लिम्बुले बताए ।

akhilko