एउटा पर्वत थियो
आँखाअगाडि
निदायो निमेषम‌ै ।
...

घाम उकालो चढे पनि
टुप्पामा पुगेर ओरालो झर्थ्यो
टुटेका ताराहरू पनि
शीरमा झरेसी उज्याला भएर बग्थे
तुफान पनि कायल भएर
ठोक्किन्दै अर्को बाटो समात्थे
झरी पनि भिज्थे
र, खोला भएर गीत गुनगनाउथे
पहाड
जहीको तही उभिरहन्थे

...

आज एकाबिहानै
पर्वत ढलेर गयो
र,
हामीलाई
निर्जन बनाएर पस्यो माटोमुनि

...

हाम्रो परेली

मन ओभाउनेबित्तिकै
मस्तिष्कमा
मुस्कुराइरहनेछ
त्यो
अभेद्य पर्वत ।

▪️▪️▪️

(अभिभावक तुत्तु तुम्याहाङ गजेन्द्र इस्वो मामाको स्मृतिमा)

३ नोभेम्बर, २०२०