काठमाडौँ: नेकपाको प्रचण्ड माधव समुहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् ।

उनलाई प्रहरीले पक्राउ गरेको करिब साढे ५ घण्टा पछि रिहा गरेको हो । उनलाई आज दिउँसो करिब १ बजेतिर संखमुलस्थित निवासबाट नै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले झाँक्रीलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखेको थियो । गोरखामा आयोजित कार्यक्रममा राष्ट्रपतिलाई लक्षित गरेर दिएको अभिव्यक्तिपछि उनी विवादमा तानिएकी थिइन् ।

सोही बिषयमा प्रहरीले उनलाई राज्यविरुद्धको कसुरमा पक्राउ पुर्जी दिएर पक्राउ गरेको थियो । झाँक्री पक्राउ गर्न प्रहरी निवासमा पुगेपछि नेकपाको प्रचण्ड माधव समुहका कार्यकर्ताहरुले नाराबाजी गरेका थिए भने पक्राउ पछि पनि रिहाईको माग गर्दै निरन्तर प्रर्दशन गरेका थिए ।