धरान: नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले साइबर सेना लगाएर नागरिकहरुलाई धम्क्याउने, तर्साउने प्रयास गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार धरानमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले देशको प्रधानमन्त्री आफै विरोधसभा जस्तो गरेर हिडिरहेको भन्दै कोइरालाले नारायणहिटी दरबारअघि राजा महेन्द्रको सालिकतिर फर्किएर मैले जे बेले त्यही कनुन हो भनेर देखाउन खोजेको आरोप लगाए । ‘उहाँले काठमाण्डौंमा नारायणहिटी दरबारलाई पिठ्यु देखाएर राजा महेन्द्रको सालिकतिर फर्किएर उहाँले के देखाउन खोज्नु भएको हो भने मैले जे बोले त्यही कानुन हो भनेर देखाउन खोज्नु भएको हो नेपाली जनतालाई,’कोइरालाले भने,‘साइबर सेना लगाएर नागरिकलाई डराउने, तर्साउने, धम्कयाउने प्रयास यो सरकारले गरिरहेको छ । विद्युतीय सञ्चार माध्यम र सामाजिक सञ्जाललाई मर्यादित बनाउने नाममा अभिव्यक्ति स्वतन्त्रनालाई कुण्ठित गर्ने प्रयास यो सरकारले गरिररहेको छ ।’

shekhar3

नेता कोइरालाले पुष ५ गतेदेखि अहिलेसम्म ८, १० जना अपराधीहरुलाई ओली समुहमा भर्ति गरिसकेको पनि दाबी गरे । जन्मकैद सजाय पाएका कालिबहादुर खामलाई प्रहरीले खोजी रहे पनि बालुवाटार भित्रिएको बताए । ‘उहाँ त यति कमजोर भइसक्नु भएछ कि नेकपा ओली समुह अपराधीहरुलाई भर्ति गर्ने पार्टीकोरुपमा विकसित गरिसक्नु भयो । पुष ५ गतेदेखि अहिलेसम्म ८, १०जना अपराधिहरुलाई ओली समुहमा भर्ति गरिसक्नु भएको छ,’नेता कोइरालाले भने,‘कालिबाहादुर खामको नाम त सुन्नुभएकै होला, कालीबहादुर खामलाई रामहरि श्रेष्ठ हत्या प्रकरणमा जन्मकैद भनेको छ । पुलिसले खोज्दैछ, तर खामलाई खोज्न जानुभयो भने बालुवाटार जाँदा भेट्न सक्नुहन्छ ।’

congress

नेता कोइरालाले संविधानको कुनै पनि धारा टेकेर सर्वोच्च अदालतका न्यायाधिशहरुलाई निर्णय गर्दा संसद पुर्नस्थापनाबाहेक विकल्प नभएको पनि बताए । सर्वोच्च अदालतलाई आग्रह वा प्रधानमन्त्री ओलीले जस्तरी धम्की दिन पनि नचाहने भन्दै नेता कोइरालाले सर्वोच्चको निर्णय चित्त बुझे पनि वा नबुझे पनि स्वीकार गरेर जानुपर्ने धारणा राखे । ‘सर्वोच्च अदालत हाम्रो सम्मानित अदालत हो, त्यसलाई हामीले आग्रह गर्ने पनि होइन, ओली जीले दिए जस्तो धम्की दिन चाहदैनौं, दिन पनि हुदैन,’उनले भने,‘तर म विश्वस्त के छुँ भने सर्वोच्च अदालतले पुर्नस्थापना नै गर्छ । किनभने प्रधानमन्त्री जी ले जे कुरा बोलिरहनु भएके छ, जुन कुरा लिखित दिनुभएको छ, त्यसमा संविधानको कुनै पनि धारा टेकेर बोल्नुभएको छैन ।’