धरान: राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा बुधबार धरानमा पनि विरोध प्रर्दशन भएको छ । 

नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले धरानमा विरोध प्रर्दशन गरेको हो । छाताचोकस्थित एमाले पार्टी कार्यालयबाट निस्केको विरोध जुलुस भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई युवा नेताहरुले सम्बोधन गरेका थिए भने सरकारलाई ब्युउँझन आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिरमा पानी छम्किएका थिए ।

भिडियो:

कोणसभालाई संघका केन्द्रीय सदस्य अफाक अहमद, युवा नेता हरि लिम्बु र संघका धरान उपमहानगर कमिटी इञ्चार्ज विवेक राईले सम्बोधन गरेका थिए । उनीहरुले लोकतन्त्र नै कमजोर पार्ने गरि ल्याइएको दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्न माग गरेका थिए । 

youth1

hari-limbu

youth2

youth3