धरान: प्रदेश नं १ को प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति राजीव कोइरालाले अब प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्ने बताएका छन् ।
नेता कोइरालाले बिहिकार प्रेस युनियन धरानले आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गदै यस्तो बताएका हुन् । उनले एमालेका १० जना सांसदहरुले नेकपा (एकीकृत समाजवादी) रोजेसँगै मुख्यमन्त्री भीम आचार्य नेतृत्वको एमाले सरकार ढल्ने निश्चित भएको बताए । उनले गठबन्धनको सरकार निर्माणको विषयमा छलफल अघि बढीसकेको पनि बताए ।
नेता कोइरालाले अब प्रदेश सरकारलाई निरन्तरता दिन गठबन्धनको सरकार बन्ने तयारी भइरहेको खुलाए । अहिले गठबन्धनमा पनि सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेस नै भएकोले सरकारको नेतृत्व पनि कांग्रेसले नै लिने बताए । प्रदेश नं. १ मा सरकार बन्न ४७ जना सांसद आवश्यक पर्छ । अहिले एमालेको १० सांसद एकीकृत समाजवादीमा जादा ४१ मा सिमित भएकोले मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । सरकार अल्पमत परेसँगै आजै प्रदेश सरकारको सचिवालयमा गठबन्धन पार्टीबीच छलफल रहेको नेता कोइरालाले बताए ।