धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज शनिबार धरान उपमहानगर कार्यसमितिको निर्वाचनको मतगणना जारी छ ।
सुनसरी उद्योग वाणिज्य संघमा जारी मतगणनाको प्रारम्भिक नतिजामा सभापतिका उम्मेदवार श्याम पोख्रेलको प्यानलै अगाडि रहेको छ । खसेको मतमध्ये २०० मतको गणना गर्दा पोख्रेलको प्यानलै अगाडि देखिएको हो ।
दुई सय मतको नतिजा अनुसार पोख्रेलले ११५ मत पाएका छन् भने सभापतिका प्रत्यासी उम्मेदवार किसोर राईले ८० मत पाएका छन् । उपसभापतिमा पोख्रेलको प्यानलका प्रविण राईले १२३ मत पाएका छन् भने सन्तोष लिम्बुले ९८ मत पाएका छन् । उपसभापतिमा राईको प्यानलका उम्मेदवार महेन्द्र तामांगको ८० र राजकुमार थोप्राको ८६ मत छ । सचिवमा पोख्रेल प्यानलका जितेन्द्र राईको १०६ र हिमाल श्रेष्ठको १२७ मत छ भने राई प्यानलका उम्मेदवार कोपिला गौतमको ७६ र सुमन श्रेष्ठको ६५ मत रहेको छ ।
यसैगरि, सहसचिवमा पोख्रेल प्यानलका उम्मेदवार युनेश राना मगरले सर्वाधिक १३१ मत पाएका छन् भने शिला बज्रचार्यले ११५ मत पाएकी छन् भने राई प्यानलका उम्मेदवार कमला रुचाल कार्कीले ६५ र गोपाल कार्कीले ६५ मत पाएका छन् । कांग्रेस महाधिवेशन अन्तर्गत धरानमा नयाँ नेतृत्व चयनको लागि आज भएको मतदानमा ४९७ जना प्रतिनिधिहरुमध्ये ४९० मत खसेको थियो ।