सुनसरी: नेकपा एमालेकी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शिवमायाँ तुम्वाहाम्फेले भोली (आइतबार) पनि संसदको अवरोध जारी रहने बताएकी छिन् ।

सुनसरीको झुम्कामा अनेमसंघ सुनसरीको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै तुम्वाहाम्फेले एमालेको माग पुरा नभएसम्म अवरोध जारी रहने बताइन् । उनका अनुसार नेकपा एमालेका दुई वटा माग पूरा नभएसम्म संसद बैठक अवरोध जारी रहने छ । 

नेतृ तुम्वाहाम्फेले सभामुख अग्नी सापकोटा गठवन्धन सरकारको स्वार्थ अनुसार चलेको आरोप पनि लगाइन् । उनले अघिल्लो सरकारले सुरु गरेका सडक निर्माणका योजना अहिलेको सरकारले रोकेर जनविरोधी कार्य गरेको आरोप पनि लगाइन् । 

anem

सभालाई अनेमसंघ केन्द्रीय सचिव मेनुका काफले, केन्द्रीय सदस्य लक्ष्मी गौतम, कुन्ता शर्मा, नेकपा एमाले सुनसरी अध्यक्ष रेवती भण्डारी, राष्ट्रिय परिषद सदस्य मुरारी सुवेदी,अनेमसंघ सुनसरी अध्यक्ष मञ्जु भण्डारीलगायतले पनि सम्बोधन गरेका थिए । सभामा वोल्ने वक्ताहरुले सुनसरी जिल्लामा पार्टी विभाजनको असर नरहेको बताउदै लालकिल्ला बनाउने दावी गरेका थिए ।