संखुवासभा: नेपाली कांग्रेसको संखुवासभा जिल्ला सभापतिमा दीपक खड्का विजयी भएका छन्।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको चुनावको मतपरिणामअनुसार खड्काले १ हजार एक सय ९८ मत ल्याएर सभापतिमा विजयी भए । पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्रीसमेत रहेका खड्का वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् । मतदानमा कुल १ हजार ३ सय ५२ मत खसेको थियो । त्यसमध्ये उनका प्रत्यासी सभापति शेरबहादुर देउवा निकट राईमान राईले १ सय १० मत मात्र पाए ।
यसैगरि, उपसभापतिमा राजकुमार जिमी र अनन्त गौली निर्वाचित भएका छन् भने सचिवमा टकमान घले र कुमारबाबु अधिकारी चुनिएका छन् । यस्तै, सहसचिवमा किशोरकुमार गुरूङ र सुवास कालाखेती विजयी भएका छन्।