विराटनगरः विपतअघि चुपचाप बस्ने र विपत आउँदा हत्तपत्त काम गर्ने सरकारी रवैयालाई प्रदेश १ सरकारले परिवर्तन गरेको दाबीगरेको छ । अघिल्लो सालका घटनाबाट पाठ सिक्दै प्रदेश १ सरकारले विपतको पूर्वानुमान गरि पूर्वतयारी गरेको बताएको छ भने पालिकातहमा नियमित समन्वय भइरहेको जानकारी दिएको छ ।
सरकारका प्रवक्ता हिक्मत कुमार कार्कीले पहाडी क्षेत्रमा बढ्दो पहिरोको पं्रकोपबाट बच्न जोखिमपुर्ण स्थानको बारेमा नियमित जानकारी दिने र विपतमा परेकाहरुको उद्धार र व्यवस्थापनकालागि सरकारले आवश्यक तयारी थालेको क्लिक धरानलाई बताए ।
विपतमा उदारका लागि संघीय सरकारले हेलिकोप्टरको व्यवस्था गरेको छ भने तत्काल खाद्यान्न लगाएतको सामाग्रीउपलब्ध गराउने जिम्मा प्रदेश सरकारले लिएको छ । त्यस्तै आन्तरिक व्यवस्थानका लागि पालिकाहरुले जिम्मा लिने गरि तिनै तहका सरकारको समन्वयमा विपतसँग जुध्ने सँयन्त्र निर्माण भएको उनको भनाई छ ।
प्रदेश १ मा गत असार २७ गते सँखुवासभाको सिलचोङमा गएको पहिरोमा परि हराएका ११ जना अझै भेटिएका छ्रैनन् । उक्त पहिरोमा उद्धारमा जाने एक जनाले ज्यान गुमाएका थिए भने बाँकि ८६ परिवारलाई प्रदेश एक सरकारले सुरक्षित स्थानमा बसोवासका लागि प्रबन्ध गरेको आन्तरिक मामिला सचिव हरिप्रसाद मैनालीले जानकारी दिएका छन् ।
मैनालीका अनुसार प्रदेश १ का हिमऋङखालको तालको सुरक्षाको बारेमा जानकारी दिने काम प्राविधिकहरुले गरिरहेका छन् । प्रदेश कै प्रमुख जोखिमको रुपमा रहेको सप्तकोशी नदी आसपास उच्च सतर्कता अपनाइएको छ । खाद्यान्न, त्रिपाल, औषधीजन्य वस्तु, टेन्टलगाएको आवश्यक परिमाणमा भण्डारण रहेको छ ।
‘तीनै तहका सुरक्षा निकायका विपत टोलीलाई तयारी अवस्था राखिएको र जहाँ आवश्यक पर्छ त्यहाँ तुरुन्त पुग्ने गरि तैनाथी अवस्थामा रहेको छ ’ मैनालीले भने– ‘राहत र उद्धारका लागि हामीले तत्काल काम गर्नसक्ने सँयन्त्र बनाएका छौँ । विपतमा कुनै ढिला हुनेछैन । ’