विराटनगरः नेपाली कांग्रेस प्रदेश नं १ संसदीय दलले कोरोना नियन्त्रण गर्न र जनताको स्वास्थ्य प्रदेश सरकार जिम्मेवार नभएको आरोप लगाएको छ । साथै, कांग्रेसले जनताको ज्यान बचाउने कार्य गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

कांग्रेस प्रमुख सचेतक केदार कार्कीले आज विज्ञप्ती जारी गर्दै लकडाउन अघि नै आफ्नो दलले कोभिड १९ को संक्रमण बढ्ने खतरा औलाएको उल्लेख गर्दै सरकारलाई तयारी गर्न भने पनि सरकारले त्यसतर्फ ध्यान नदिएको आरोप लगाएका छन् । उनले मुख्यमन्त्रीले सामाजिक सञ्जालमा भिडियोमार्फत कोरोनासँग लडिरहेको, परास्त गर्न लागेको जस्ता हलुका कुरा गरेर जनतामा भ्रम छर्ने काम मात्र गरेको आरोप लगाएका छन् ।

कांग्रेसले जनता प्रति पारदर्शी भएर जनधनको शुरक्षा तथा शान्ति शुरक्षा कायम गर्न सरकार समक्ष माग पनि गरेको छ । सरकारको कमीकमजोरी छोप्ने ढालकोरुपमा कोभिड १९ उपयोग गरेको आरोप लगाउदै कार्कीले विज्ञप्तीमा भनेका छन्,“सरकारका कमी कमजोरी र भ्रष्टचारबाट जोगिन कोभिड १९ लाई राम्रोसंग ढालको रुपमा प्रयोग गर्न सफल रह्यो । सरकारले मिडियामा र संसदमा पटक पटक प्रर्याप्त मात्रामा आइसोलेसन बेड तयारी रहेको भनि दिएको अभिव्यक्ती अहिले आएर झुटो सावित भएको छ ।”

समुदायमा संक्रमण फैलिएर संक्रमित संख्या बढेपछि व्यवस्थापन गर्न सरकार असफल भएको कांग्रेसको दाबी छ । मोरङको गोठगाँउको पूर्वाञ्चल विश्व विद्यालयको अस्पताल लेभल १, विराटनगरको कोशी कोभिड अस्पताल लेवल २ र धरानको वीपी प्रतिष्ठान लेभल ३ भनिए पनि सो अनुरुप सञ्चालन नभएको भन्दै कांग्रेसले जनतासँग मुख देखाउन नसकेर मुख्यमन्त्री लामो समय काठमाण्डौं बसेको पनि आरोप लगाएको छ ।

“मुख्यमन्त्री लामो समयसम्म काठमाण्डौ बस्नुले जनता प्रति सरकार कति जिम्मेवार छन भन्ने छर्लङ्ग भएको छ । कोशी अस्पतालमा अक्सिजनसम्म नहुनु कति लाजमर्दो कुरा हो । लेभल ३ भनेको अस्पताल अझै पुर्ण निर्माण भै नसकेको र विरामी सिकिस्त हँुदा उपचार गर्न नसक्ने र अस्पतालको गेटमै ज्यान गुमाउनु पर्ने अवस्था सृजना हुनु दुःखद कुरा हो,”विज्ञप्तीमा भनिएको छ ।

Press-Bigyapti-Ma.Kedar-Kar