विराटनगरः प्रदेश १ सरकारकाे मन्त्रीपरिषदकाे बैठक भर्खर सम्पन्न भएकाे छ ।
सरकारले प्रदेशस्तरीय अत्याधुनिक ल्याव स्थापना गर्न त्रिभुवन विश्वविद्यालयकाे क्षेत्राधिकारमा रहेकाे डिग्री क्याम्पसकाे जग्गा लिजमा लिने निर्णय भएकाे छ । उक्त जग्गामा स्वीस सरकारले केहि समयअघि हस्ताण्तरण गरेकाे ल्याव सेटअप गर्ने सरकारकाे तयारी रहेकाे छ । त्यस्तै सामाजिक विकास मन्त्रालयललाइ सरकारकाे नीति तथा कार्यक्रम अनुसार विभिन्न कार्य्रम सँचालन गर्न आवश्यक पर्ने मन्त्रालयकाे कार्याविधि २०७७ लाइ स्वीकृत प्रदान गरेकाे छ । काेशी काेभिड अस्पताललाइ आवश्यक पर्ने दक्ष जनशक्ती भर्ना कालागि अनुमती दिइएकाे छ । त्यस्तै प्रदेश १ मा आइसाेलसन कक्षकाे बढि आवश्यकता पर्ने भएकाे हुँदा जतिसक्दाे धेरै आइसाेलेसन निर्माण गर्ने सरकारकाे तयारी रहेका छ ।
याेसँगै पर्यटन मन्त्रलयले प्रश्ताव गरेकाे पर्यटन विकास आयाेजना तथा जलधार व्यवस्थापन कार्यान्वयन एकाइकाे म्याद १ वर्षलाइ थप गर्ने निर्णय भएकाे छ । त्यस्तै सरकारले काेभिड उपचार तथा व्यवस्थापनका लागि सरकारले गरेकाे कार्यकाे आशातित प्रगती भएकाे निस्कर्ष समेत निकालेकाे सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवंम कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिएका छन् ।