विराटनगर: प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव उत्तर कुमार खत्रीले मन्त्री ईन्द्र बहादुर आङबोसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।
सचिव खत्रीले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबित्र मन्त्री आङबोसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । सम्झौता अनुसार प्रदेश सरकारको निती तथा कार्यक्रम र बजेटमा भएको व्यवस्थाहरुलाई सहजढङ्गबाट सम्पन्न गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । कार्यविभाजन र कार्यसम्पादन नियमावलीले तोकेका कार्यहरुलाई समेत उल्लेख गरेर कार्यसम्पादन सम्झौता गरिएको मन्त्रालयका सचिव खत्रीले बताए ।
यसअघि विराटनगरमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङबो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुशियैतले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईसँग कार्यसम्पादन सम्झौता गरेका थिए । अघिल्लो आर्थिक बर्ष प्रदेश सरकारले ठुलाठुला पुर्वाधार निमार्ण गरेर तथा वैदेशिक लगानी भित्रयाएर आर्थिक वृद्धिदर दोहोर अङ्कमा पु¥याउने लक्ष्यका साथ बजेट निमार्ण गरेको थियो । तर कोरोना महामारीका कारण जनताको जीवन रक्षाका लागी प्रदेश सरकारले बजेटको मुल प्राथमिकताको क्षेत्र परिवर्तन गर्नुपरेको थियो ।
अहिले पनि प्रदेश सरकारले निर्धारित लक्ष्य अनुसारका पुर्वाधार तथा विकास निमार्णका कार्यहरुसहित मुल रुपमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार र सामाजिक सुरक्षाका बिषयलाई प्रमुख प्राथमिकतामा राखेको छ । सोही अनुरुप चालु आर्थिक बर्षको बजेट कार्यान्वयनमा लैजाने प्रयास भईरहेको र कार्यसम्पादन सम्झौताले यसमा सहजता थप्ने मन्त्री आङबोले बताए । कोरोना भाईरसको कारणबाट समग्र अर्थतन्त्रमा परेका प्रभावलाई चिर्दै निति तथा कार्यक्रमले निर्धारित गरेको लक्ष्यलाई भेटाउन कार्यसम्पादन सम्झौताले थप सहयोग पु¥याउने मन्त्री आङबोको भनाई छ । प्रदेश सरकारको कार्यलाई पारदर्शी र नतिजामुलक बनाउन कार्यसम्पादन सम्झौताको भुमिका महत्वपुर्ण रहेको जनाईएको छ ।