धरान: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष धरानको डुकु होटलबाट जर्बजस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।
कोशी राजमार्गको धरान भेडेटार सडक खण्डमा रहेको डुकु होटलबाट गाउँपालिका अध्यक्ष महेन्द्र यादव बुधबार साँझ पक्राउ परेका हुन् । उनले १७ बर्षीय नाबालिकालाई होटलमा लगेर जर्बजस्ती गरेको आरोप छ । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले अध्यक्ष यादव पक्राउ परेको पुष्टि गर्दै थप अनुसन्धान गरिने बताए ।
डिएसपी बस्नेतका अनुसार १७ बर्षीय नाबालिका संखुवासभा घर भएकी हुन् । उनीसँग यादवको इटहरीमा भेट भएर होटलमा लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । '१७ बषकी केटी छिन्, जर्बजस्ती भएको वयान दिएकी छिन्,'डिएसपी बस्नेतले भने,'नियन्त्रणमा लिएका छौं, यसबारेमा अनुसन्धान हुन्छ । '