धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म ३०० मतको परिणाम औपचारिकरुपमा सार्वजनिक भएको छ । 

हालसम्म ३ सय मत गणना गर्दा सभापतिका उम्मेदवार श्याम पोख्रेलको प्यानलै अगाडि छ । शुरुवाती गणनादेखि नै पोख्रेलको प्यानलले लिएको अग्रता हालसम्म कायमै छ । निर्वाचन समितिका अनुसार ३ सय मत गणना सकिदा सभापतिका उम्मेदवार पोख्रेलले १६६ मत पाएका छन् भने प्रत्यासी उम्मेदवार किसोर राईले १२९ मत पाएका छन् ।

उपसभापतिमा पोख्रेल प्यानलका उम्मेदवार प्रविण राईले १७५ मत पाएका छन् भने सन्तोष लिम्बुले १४२ मत पाएका छन् । राईको प्यानलबाट उपसभापति उम्मेदवार राजकुमार थोप्राले १३९ र महेन्द्र तामांगले १०९ मत पाएका छन् । यसैगरि, सचिवमा पोख्रेलका प्यानलका उम्मेदवार हिमाल श्रेष्ठले १८५ र जितेन्द्र राईले १५५ मत पाएर अगाडि छन् । सोही पदमा राई प्यानलका उम्मेदवार कोपिला गौतमले ११६ र सुमन श्रेष्ठले १०६ मत पाएका छन् ।

सहसचिव पदमा पोख्रेल प्यानलका उम्मेदवार युनेश राना मगरले १८४ मत पाएका छन् भने शिला बज्रचार्यले १७१ मत पाएर अगाडि छन् । सहसचिवमा राईको प्यानलबाट उम्मेदवार कमला कार्कीको १०५ र गोपाल कार्कीको १०८ मत रहेको छ ।