इटहरी: नेकपा एमाले इटहरी उपमहानगर कमिटीको अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत चयन भएपनि अन्य पदाधिकारीहरु भने चुनावमार्फत चयन भएका छन् । 

कार्तिक ९ गते उद्घाटन भएको अधिवेशनको बन्दसत्रबाट अध्यक्ष र उपाध्यक्षमा क्रमशः यामकुमार सुब्बा र दुखीलाल चौधरी सर्वसम्मत चयन भएका थिए । तर, सचिव र दुई उपसचिवमा सहमति हुन नसकेपछि हिजो मतदान भएको थियो । सचिव पदमा ४ जनाको उम्मेदवारी परेको थियो । ती मध्ये रुपेश बस्नेतले २१९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी मदन कार्कीले १४३ मत, राजेन्द्र केशरी घिमिरेले १०५ मत र अर्का प्रतिस्पर्धी होम घलेले १९ मत मात्र पाएर पराजित भए । 

itahari-amle2

यसैगरि, दुई उपसचिव पदमा भएको निर्वाचनमा जितेन्द्र थापा र मन्दिरा भट्टराईले क्रमशः २४२ र २३४ मत पाएर विजयी भए । उनीहरुका प्रतिस्पर्धी तोयाकुमारी ढकालले ७४, थिर बहादुर खड्काले ५५, भिमप्रसाद पोखरेल ४९, रामचरण चौधरी ९९, सञ्जु प्रधान ४७, शुकदेव राई ५७ र होमनाथ धमलाले ९९ मत पाएका थिए । निर्वाचनमा कुल ५८३ मतदाता थिए । ती मध्ये ५२१ खसेको थियो भने ३६ मत बदर भएको थियो । अधिवेशनबाट विधानमा व्यवस्था भएअनुसार ८५ सदस्यीय उपमहानगर कमिटी चयन भएको छ ।