धरान: धरानमा विभिन्न पार्टीबाट ५० जना युवाहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । 

जसपाका अनुसार केन्द्रिय अभियान सुज अभियानको क्रममा माओवादी केन्द्रका पुर्वजिल्ला सदस्य तथा मजदुर नेता टिकाराम भुजेल, साक्थिम योङ्यान लिम्बु र रोशन राईको नेतृत्वमा ५० युवाहरू पार्टीमा प्रवेश गरेका हुन् । पार्टीका केन्द्रिय कार्यकारिणि सदस्य तथा पुर्वमन्त्री रकम चेम्जोङले खादा ओढाएर उनीहरुलाई पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा केन्द्रिय सदस्यद्धय जेन्टल लावती, दुर्गामाया लिम्बु, दिपक मेन्याङ्बो, प्रदेश सदस्य कृष्ण लिम्बु, शिल्पी विशेष राष्ट्रिय समिति सदस्य नरेश क्षितिज, लिम्बुवान राष्ट्रिय समिति सदस्य नगेन्द्र पारघारी र नरेश ईवारम लिम्बुलगायत नेताहरु उपस्थित रहेका थिए । 

rakam-chemjong

पुर्वमन्त्री चेम्जाङले राज्यले नितिगत रूपमा विभेद गरेकाले त्यसको विरुद्धमा अधिकारसहितको संघियता, समानता, सुशासन र समतामूलक राज्य स्थापना गर्न जसपा संघर्षरत रहेको बताए । नेता चेम्जोङले भने, समता मुलक देश निर्माण अबको एक मात्र विकल्प हो । नवप्रबेशिको तर्फबाट साक्थिम योङ्या, मदन गुरुङ र अनुप राईले बोलेका थिए । उनीहरुले काङ्ग्रेस र एमाले लगायत पार्टीहरुले युवाहरुलाई आफ्नो अनुकुल प्रयोग मात्र गरेको भन्दै बैकल्पिक शत्तिmको रूपमा जसपा आएकोले काङ्ग्रेस, एमाले, लिम्बुवान छोडेर प्रवेश गरेको बताए ।

सोही कार्यक्रमबाट शिव आङ्देम्बे अध्यक्ष र अरुण गुरुङ सचिव रहनेगरि १७ सदस्यीय वडा समिति पुनर्गठन गरिएको छ । यस्तै, अम्बिका साही अध्यक्ष र मनमाया निरौला सचिव रहनेगरी १७ सदस्यीय समाजबादी महिला संघ समिति पनि चयन भएको छ । पार्टी वडा अध्यक्ष दिल कुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा ईन्चार्ज तथा जसपा नगर कोषाध्यक्ष लक्ष्मी राईले कार्यक्रम संचालन गरेकी थिइन् ।