धरान: इटहरी उपमहानगरपालिका मेयर तथा एमाले नेता द्ववारिकलाल चौधरीले नेकपा एमालेको सुनसरी जिल्ला कमिटीमा टिके प्रथाबाट अवैधानिक कमिटी गठन गरेको भन्दै विरोध जनाएका छन् ।

बुधबार एमाले सुनसरीको संयुक्त बैठकले दुवै कमिटीको अध्यक्षद्धयलाई पन्छाउदै प्रदेश कमिटी सदस्य खेमराज पोख्रेललाई जिल्ला अधिवेशन आयोजक कमिटीको संयोजक बनाइएकोमा उनले विरोध जनाएका हुन् । संयुक्त बैठकमा पनि विरोध जनाएका चौधरीले प्रेश विज्ञप्ती जारी गर्दै लेलिनवादी संगठनात्मक सिद्धान्तलाई लत्याउदै कमिटी घोषणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले कुनै पनि कमिटीको समय अवधि समाप्त भएमा माथिल्लो कमिटीले विघटन गरी संगठनात्मक कमिटी गठन गरि सयमावधि तोकी अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिने विधानको व्यवस्था उल्लंघन गरिएको पनि आरोप लगाएका छन् । 

चौधरीले ओमसाइ पार्टी प्यालेसमा दिउँसो बसेको जिल्ला कमिटीको पुर्ण बैठक सञ्चालनप्रति पनि आपत्ति जनाएका हुन् । पार्टी केन्द्रीय कमिटीको निर्णय अनुसार २०७५ जेठ २ अघि पार्टी फर्किएको अवस्थामा बैठक रमेश बस्नेतको अध्यक्षतामा हुनुपर्ने, र जेठ २ को अवस्थामा फर्किन नसकेको भए रेवतीरमण भण्डारीको अध्यक्षतामा बैठक हुनुपर्ने चौधरीले तर्क गरेका छ । दुवै जनाले अध्यक्षता नगरेको कारण जिल्ला परिषदबाट निवार्चित अध्यक्षकोरुपमा आफ्नो अध्यक्षतामा बैठक बस्नुपर्ने भएपनि त्यसो हुन नभई धर्मराज निरौलाको अध्यक्षतामा बैठक भएकोमा पनि उनले विरोध जनाएका छन् । यस्तै, बैठक सञ्चालन जिल्ला कमिटीका पदाधिकारीहरुले गर्नुपर्नेमा प्रदेश कमिटी सदस्य खेमराज पोख्रेलले गरेकोमा पनि चौधरीले आपत्ति जनाएका छन् ।

dwarik-press