धरान: एमाले सुनसरीको दुवै कमिटीको संयुक्त बैठकको क्रममा बुधबार इटहरीका मेयर द्धारिकलाल चौधरीको कारण केहीबेर तनाव भएको छ ।
बैठक आफ्नो अध्यक्षतामा हुनुपर्ने भन्दै चौधरीले माइक खोसेर बोल्न खाजेका थिए । औपचारिक कार्यक्रम शुरुवात हुदा नै उनले कार्यक्रम सञ्चालक रहेका खेमराज पोख्रेलको माइक खासेर केही बोल्न खोजेका थिए । तर, उनलाई बोल्न नदिइएको बैठकमा सहभागी एक नेताले बताए । उनले भने, ‘आफु जेठ २ अघिको आधिकारिक अध्यक्ष भएकोले आफ्नो अध्यक्षतामा बैठक हुनुपर्ने भन्ने उहाँको कुरा रहेछ । त्यसैले कार्यक्रम शुरु हुनुअघि केही बोल्नको लागि जर्बजस्ती माइक लिनुभयो, तर बोल्न दिने स्थिति भएन ।’
चौधरीले माइक खोसे पछि अन्य नेता, कार्यकर्ताहरुले उनको हातबाट माइक खोसेका थिए । चौधरी बैठकमा पनि नबसेको बताइएको छ । जेठ २ अघिको एमालेको कमिटीको निवार्चित अध्यक्ष चौधरी थिए । उनी इटहरीको मेयरमा चुनाव जितेपछि कार्यवाहक अध्यक्ष रमेश बस्नेत भएका थिए । जिल्लामा २ वटा समानन्तर कमिटी क्रियाशिल भए पछि दुवैलाई मर्ज गरेर एउटा कमिटी बनाउन बुधबार संयुक्त बैठक भएको थियो । त्यो बैठक केन्द्रीय सदस्य धर्मराज निरौलाको अध्यक्षतामा गरिदा चौधरी असन्तुष्ट भएका हुन् ।