धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा खसेको मतमध्ये ४ सय मतको गणना सम्पन्न भइसकेको छ । अब ९० मत मात्र गणना गर्न बाँकी छ ।
निर्वाचन समितिले औपचारिकरुपमा घोषणा गरेको ४ सय मतको परिणाम अनुसार सभापतिका उम्मेदवार श्याम पोख्रेलको प्यानलै अगाडि छ । मतको शुरुवाती गणनादेखि नै पोख्रेलको प्यानलले लिएको अग्रता हालसम्म कायमै छ । ४ सय मतको गणना सकिदा सभापतिका उम्मेदवार पोख्रेलले २१७ मत पाएर अगाडि छन् भने प्रत्यासी उम्मेदवार किसोर राईले १७८ मत पाएका छन् ।
उपसभापतिमा पोख्रेल प्यानलका उम्मेदवार प्रविण राईले २३४ मत र सन्तोष लिम्बुले १९० मत पाएका छन् । राईको प्यानलबाट उपसभापति उम्मेदवार राजकुमार थोप्राले १८४ र महेन्द्र तामांगले १४७ मत पाएका छन् । यसैगरि, सचिवमा पोख्रेलको प्यानलका उम्मेदवार हिमाल श्रेष्ठले २४२ र जितेन्द्र राईले २०७ मत पाएर अगाडि छन् । सोही पदमा राई प्यानलका उम्मेदवार कोपिला गौतमले १५९ र सुमन श्रेष्ठले १४२ मत पाएका छन् ।
यस्तै, सहसचिव पदमा पोख्रेल प्यानलका उम्मेदवार युनेश राना मगरले २५० मत पाएका छन् भने शिला बज्रचार्यले २१७ मत पाएर अगाडि छन् । सहसचिवमा राईको प्यानलबाट उम्मेदवार कमला कार्कीको १४४ र गोपाल कार्कीको १४७ मत रहेको छ ।