धरान: काठमाण्डौंमा आन्दोलन र धर्नामा बसिरहेका डा.महावीर पुनलाई समर्थन गर्दै धरानमा पनि प्रर्दशन भएको छ ।
डा.पुनले शुक्रबारदेखि माइतीघर सडकमा अनुसन्धान, नवप्रर्वतन र आविष्कारको लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रम जारी राखेका छन् । पुनको आन्दोलनलाई समर्थन तथा ऐक्यवद्धता जनाउदै धरानको भानुचोकमा पनि आइतबार विद्यार्थी, विभिन्न संघसंस्थाहरुले प्रर्दशन गरेको संयोजक सुमन श्रेष्ठले जानकारी दिए ।
प्रर्दशनमा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार, पुर्वाञ्चल इञ्जिनियरीङ क्याम्पस, वीपी प्रतिष्ठानको सामाजिक उत्तरदायित्वको लागि चिकित्सक, महेन्द्र बहुमुखी क्याम्पस, मेघा कलेजलगायतका विद्यार्थीहरु सहभागी थिए भने धरान जेसिज पनि सहभागी भएको थियो । सन् २००७ मा एसियाको नोबेल पुरस्कार कहलिएको रोमन म्यागेसेसे अवार्ड पाएका पुनको पहिलो माग छ, संघ र प्रदेश सरकारले आफ्नो बजेटको १ प्रतिशत अनुसन्धान र नवप्रवर्तन कोष बनाएर राख्नुपर्ने ।
यस्तै, अनुसन्धान, नवप्रवर्तन, आविष्कार प्रवद्र्धन तथा सञ्चालन एवं खरिद ऐन बनाउनुपर्ने, नवप्रवर्तनलाई सरकारले नीति, नियम र कानुन बनाएर व्यवसायिक बनाउन सहजीकरण गर्नुपर्ने, विश्वविद्यालयमा व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग बनाउनुपर्ने माग डा.पुनको रहेको छ ।