धरान: मेयर हर्क साम्पाङले बैठकमा नआउने वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको राजिनामा मागे लगत्तै बिहिबार वडाअध्यक्षहरुले पनि पत्रकार सम्मेलन गरेका छन् । धरान १५ स्थित होटल सेछमा आयोजित पत्रकार सम्मेलनमा वडाअध्यक्षहरुले मेयर साम्पाङले नगरको नेतृत्व गर्न नसकेकोले असफल भएको दाबी गरे । उनीहरुले मेयर सा ...
धरान ः मेयर हर्क साम्पाङले कार्यपालिका बैठकमा आउन वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई आह्वान गरेका छन् । बिहिबार कार्यकक्षमा पत्रकार सम्मेलन गर्दे मेयर साम्पाङले कार्यपालिका बैठकमा आउनु कर्तव्य भएको उल्लेख गर्दै कर्तव्य पुरा गर्न बैठकमा आउन आह्वान गरेका हुन् । कार्यपालिका बैठक कसैको अधिकार, र ...
धरान: नेकपा एमाले धरानको अधिवेशनबाट हर्कजंग एभेङको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटी चयन भएको छ । धरान १५ स्थित चुम्लुङ हिममा मंगलबार शुरु भएको अधिवेशनको बन्दसत्रले एभेङको नेतृत्वमा आगामी ३ बर्षको लागी सर्वसम्मत कमिटी चयन गरेको हो । राज्य पुर्नसंरचना पछिको प्रथम अधिवेशनबाट विधानमा भएको व्यवस्था ...
धरान: प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलन हुँदा घाइते भई उपचारको क्रममा निधन भएका सहिद पदम कुमार लिम्बु (लाजेहाङ) को शव बैशाख ९ गते शनिबार अन्त्येष्टी गरिने भएको छ । प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको हिजो बसेको बैठकले सहिद लाजेहाङको शव परिवारजनसँग समन्वय गरेर शनिबार बेलबारीमा ...
धरान: स्थानीय तह पुर्नसंरचना पछिको नेकपा एमालेको प्रथम धरान नगर अधिवेशन मंगलबार धरान १५ स्थित चुम्लुङ हिममा शुरु भएको छ । दुई वटा समानन्तर कमिटीलाई समायोजन गरेर ६ महिनाभित्र अधिवेशन गर्ने भनिएपनि झण्डै डेढ बर्षपछि अधिवशेन भएको हो । पार्टी विभाजन हुँदा पनि एमालेमै बसेको १० बुँदे पक्ष र संस्थापन ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा आज पनि बस्न सकेन । मेयर हर्क साम्पाङले दिउँसो २ बजेको लागी आह्वान गरेको बैठकमा एक जना मात्र वडाअध्यक्ष उपस्थित भएका थिए । बैठकमा मेयर साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा र वडा नं १४ का अध्यक्ष कृष्ण भट्टराई मात्र उपस्थित भए । बैठक बस्न नसकेपछि मेयर ...
धरान: मेयर हर्क साम्पाङले वडाअध्यक्षहरु कार्यपालिका बैठकमा नआउनुपर्ने कुनै कारण नभएको बताएका छन् । सोमबार कार्यपालिका बैठकमा वडाअध्यक्षहरु अनुपस्थित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मेयर साम्पाङले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘बैठकमा नआउनुपर्ने कारण केही छैन, बहिष्कार गर्नुपर्ने कुराहरु, आन्दोलन ...
धरान: धरानको कार्यपालिका बैठक आज पनि स्थगित भएको छ । बैठकमा ३ जना मात्र वडाअध्यक्षहरु आएपछि गणपुरक संख्या नपुगेर बैठक स्थगित भएको हो । बैठक बस्न नसकेपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै मेयर हर्क साम्पाङले बैठक भोली र पर्सि पनि निरन्तर बोलाउने बताएका छन् । बैठकमा मेयर साम्पाङ, उपमेयर अइन्द्र ...
धरान: आज २ बजेको लागी बोलाइएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा वडाअध्यक्षहरु उपस्थित नहुने भएका छन् । कार्यपालिका बैठकमा सहभागी हुने कि नहुने भन्ने बारे एमाले, कांग्रेस र माओवादी केन्द्रका संसदीय दलका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । नगर कार्यपालिकाका प्रवक्तासमेत रहेका वडा १७ का अध ...
धरान: एक महिनाअघि एजेण्डामा प्रवेश नै नगरि अवरुद्ध भएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक भोली (सोमबार) दिउँसो २ बजेको लागी बोलाइएको छ । मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत बैठक दिउँसो २ बजे हुनेबारे जानकारी दिदै भनेका छन्,‘आशा छ महत्वपुर्ण निर्णंयहरु हुनेछन् ।’ गत चैत १ गतेको कार्य ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित