विराटनगरः प्रदेश १ को योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलको राजिनामा माग गरिएको छ ।

पत्रकारहरुलाई निकृष्ट शब्द प्रयोग गर्दै सामाजिक सँजालमा दिएको अभिव्यक्तिले पत्रकारको मानमर्दन भएको भन्दै पत्रकार र पत्रकार महासँघका पदाधिकारीहरुले राजिनामाको माग गरेका छन् । उनले हिजो कान्तिपुर पव्लिकेशनमा आवद्ध पत्रकारहरुले जागिर गुुमाउनु पर्दा खुचिङको शैलीमा निम्छरो भाषा प्रयोग गरेका थिए । पब्लिकेसनले २५ वर्षसम्मको इतिहास बोकेको सह प्रशासन बन्द गरेको थियो । हिजो कान्तिपुरले नारी साप्ताहिक, साप्तिाहिक र नेपाल म्यागाजिन बन्द गरेको औपचारिक घोषणा गरेको थियो ।

उनले फेसबुकमा लेखेका छन्– ‘साहु पत्रकारिता गर्दा मानिस पत्रकार रहन्न, कारिन्दा बनाइन्छ र आदेशको जुवामा जोतिन्छ । तिनको आत्मबल र नूर खस्छ ।’ उनी यतिमै रोकिदैनन्,भन्छन्–‘आफुलाइ कत्रो न ठुलो पुर्ण स्वतन्त्रताको मालिन ठानेर बढ्ता रवाफ छाँट्ने र भएका, नभएका फूँदा जोडेर हप्काउने नगर्नु भनेको हुँ । कठैवार, अब फुइँ टनाटन छ, हैसियत खलास । परेन वित्यास ?’

उनले यस अघि लेखेको सार छ हिम्मत हुनेले अधिकारका लागि लड, मालिकको आम्दानी खोज भन्ने रहेकाे छ । उनले पत्रकारलाई प्रयोग गरेको निम्न स्तरको भाषाप्रति पत्रकार महासँघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले आपत्ति जनाउँदै प्याकुरेलको राजिनामा माग गरेका छन् । उनले सामाजिक सँजालमा लेखेका छन्– ‘श्रमजीवी को जागीर जादा हास्ने र फुदा जोडेर उफ्रिने सग नैतिकता भए राजीनामा दिएकै राम्रो।’ महासँघका प्रदेश महासचिव विवेक गौतमले पदमुक्त गर्न माग गरेका छन् । ‘पदमा बस्ने यिनको हैसियत र क्षमता छैन । पदमुक्त गरियोस्,’उनले भनेका छन् । 

पत्रकार महासंघ मोरंगका सचिव अर्जुन आचार्यले प्याकुरेललाई डलरवादी भन्दै राजिनामा दिन भनेका छन् । ‘डलर ओकलियो कामरेड, योजना आयोगबाट राजिनामा दिम्,’ पत्रकार महासँघ मोरङका सचिव अर्जुन आचार्यले लेखेका छन् ।