विराटनगर: राष्ट्रिय धान दिवस एवं पुर्वप्रधानमन्त्री कमरेड मनमोहन अधिकारी को १००औं जन्मजयन्तीको अवसरमा आज नेकपा विराटनगर वडा नं ८ र राष्टिय युवा संघ नेपाल बिराटनगरले सामुहिकरुपमा धान रोपेको छ ।

युवाहरूलाई उत्पादन क्षेत्रमा लाग्न हौसला प्रदान गर्दै सामुहिक रूपमा धान रोपिएको नेकपाले जनाएको छ । कार्यक्रममा प्रमुख अथिती पार्टी महानगर ईन्चार्ज एवं केन्द्रिय कमिटी सदस्य शिव कुमार मन्डल रहेका थिए । यस्तै, उधोग बन तथा पर्यटन सभापति सीता थेबे, महानगर अध्यक्ष सागर थापा, पुर्व युवा संघ नेपाल केन्द्रिय सदस्य एवं नेकपा जिल्ला सदस्य पर्शुराम बस्नेत, जिल्ला सदस्य राजन भण्डारी, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य मुकेश बुढाथोकी, महानगर कमिटी सदस्य ज्ञान बहादुर भट्टराई, सरर्स्वती ओझा लगायत उपस्थित भएका थिए । कार्यक्रम युवा सघ र वाईसीएल महानगर अध्यक्ष सुशील रिजाल र सनोज यादवको संयुक्त अध्यक्षतामा भएको नेकपा वाड न ८ अध्यक्ष राम पोखरेलले जानकारी दिए।