विराटनगरः प्रमुख विपक्षी दल नेपाली काँग्रेसले मंगलवारे अस्पतालको नाम परिवर्तन बारे उठेका असन्तुष्टिलाई प्रदेश सरकारले सम्बोधन नगरे संसद अवरुद्ध हुनसक्ने संकेत गरेको छ ।
नेपाली काँग्रेसका संसदीय दलका नेता राजिव कोइरालाले आजको संसद बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय नेतालाई विवादमा तानिने प्रयास भएको भन्दै यसो नगर्न सरकारलाई आग्रह गरेका छन् । उनले प्रदेश सरकारका नीति कार्यक्रममा मंगलवारे अस्पताललाई मदन भण्डारी ट्रमा सेन्टरको रुपमा रुपान्तरण गर्ने योजनालाई पुनर्विचार गर्नसमेत माग गरेका छन् । ‘अहिले मंगलवारमो स्थानीय धर्नामा बसेका छन् , संसद र सडकमा यस विषयले प्रवेश पाइसकेको हुँदा सरकारले यस बारे पुनर्विचार गरोस्,’उनले भने ।
कोइरालाले हप्ता दिन अघि देखि निरन्तर धर्नामा बसेका मंगलवारेका जनताको माग बारे सरकार बेखबर जस्तै रहेको भन्दै जनताको माग सुनिदिन आग्रह गरेका छन् । उनले सडक र सदनमा विषयले प्रवेश पाइसक्दा पनि सरकारले बेवास्ता गरे संसदीय अभ्यासमा आफुले राख्ने असन्तुष्टिको रुप फेर्न सकिने भन्दै संसद अवरुद्ध हुन सक्ने संकेत गरेका हुन् ।साथै उनले याे भनाइ अाफ्नाे दल नेपाली काँग्रेसकाे मात्र नभइ प्रदेश एक संसदमा सहभागी भएका अन्य तीन दलकाे समेत रहेकाे जानकारी दिएका छन् ।