धरान: नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ९० जना यातायात मजदुरहरुलाई राहत वितरण गरेको छ ।

लकडाउनका कारण समस्यामा परेका यातायात मजदुरहरुलाई राहत वितरण गरिएको हो । राहत सामग्री कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिका १५ न. वडाध्यक्ष नरेश इवारमले वस चालक, सहचालक, हेल्पर, कन्टेक्टर र वुकिङका मजदुरहरुलाई १५ केजीको दरले चामल राहत वितरण गरेका थिए । इवारमले २०३९ साल देखि आफु यातायात संग जोडिएको र यातायात मजदुर हुदै यातायात व्यवसायी समेत रहिसकेको बताए । आफुले यातायात मजदुरहरुको समस्या राम्रो संग वुझेको वताउदै आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने उनले बताए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगरपालिका कमिटी अध्यक्ष कमल भट्टराईले सहयोगीहरुलाई धन्यवाद दिंदै हालसम्म १४ सय बढि यातायात मजदुरहरुलाई राहत वितरण गरिएको बताए । मजदुर संगठनको धरान २ स्थित आफ्नै कार्यलयमा आयोजित राहत वितरण कार्यक्रममा संगठनका केन्द्रिय सदस्य लक्ष्मी बाँनिया, प्रदेश १ उपाध्यक्ष रविन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।