धरान: भोजपुर जिल्लाको दक्षिणी क्षेत्रस्थित हतुवागढी गाउँपालिका वडा नं ९, हसनपुरमा युवा खेलाडीहरुलाई खेल सामग्री वितरण गरिएको छ । 

हतुवागढीका युवा नेतासमेत रहेका नेकपा एमाले प्रदेश नं १ कमिटीका  सदस्य तथा एमाले सम्बद्ध खेलकुद महासंघका निर्वाचन आयोग उपप्रमुख मुक्ति राईले खेल सामग्री वितरण गरेका हुन् । उनले शुक्रबार हसनपुरस्थिच मचुवाटार खेलमैदानमा एक कार्यक्रम आयोजना गरि ९ नम्बर वडाका युवा खेलाडीहरुलाई सामग्री वितरण गरेका छन् । नेता राईका अनुसार खेलाडीहरुलाई ६ थान वल, ६ थान भलिवल खेलको जाली र फुटवल पनि वितरण गरिएको हो । 

hatuwagadi

कार्यक्रमको अध्यक्षता एमालेको ९ नम्बर वडा कमिटी अध्यक्ष अनिल राईको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि खेल सामग्री दातासमेत रहेका नेता राई रहेका थिए । साथै, कार्यक्रममा भोजपुर जिल्ला कमिटी सदस्य उद्धव भट्टराईले समेत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन एमाले गाउँपालिका उपसचिव सञ्जाल राईले गरेका थिए ।