धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा कार्यसमितिको निर्वाचनको मतगणना जारी छ। 

धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा जारी प्रदेशसभा सुनसरी १ (२) तर्फ १०१ मतको मतगणना हुँदा सभापतिमा मुरारी भटट्राई ६ मतले अग्रता लिएका छन् । सभापतिमा भट्टराईले ५७  मत पाएका छन् भने अजय राईले ४७ मत पाएका छन् । सभापतिमा १ मत वदर भएको छ ।

यसैगरि, उपसभापतिमा भट्टराई प्यानलका चन्द्रबहादुर मगर अनिलले ६० मत पाएका छन् भने डिल्लीसेर राईले ४८ मत पाएका छन् । उपसभापतिमा राई प्यानलका सन्देश श्रेष्ठले ३८ र अमृतबहादुर खड्काले ३९ मत पाएका छन् ।

यस्तै, सचिवमा भट्टराई प्यानलका राजेन्द्र खड्काले ५७ र विजय घिमिरेले ४७ मत पाएका छन् भने राई प्यानलका उम्मेदवार संगीता राईले ५७ र सुरजप्रसाद अधिकारीले ३३ मत पाएका छन् । यसैगरि, सहसचिवमा भटराई प्यानलका उम्मेदवार रोहित काफ्लेले ५९ र मञ्जु राईले ५५ मत पाएका छन् भने राई प्यानलका श्रवण धामीले ३६ र बिक्रम राईले ३७ मत पाएका छन् ।