धरान: पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुमा भएको मुल्यवृद्धिको विरोधमा सोमबार धरानमा विरोध प्रर्दशन भएको छ ।
संयुक्त विद्यार्थी संगठनले धरान १० स्थित महेन्द्र बहुमुखी क्याम्पसबाट विरोध र्याली निकालेका हुन् । र्याली भानुचोकमा पुगेको थियो भने विरोधसभा पनि आयोजना गरिएको थियो । विद्यार्थी नेता रविन श्रेष्ठका अनुसार पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तुमा भएको मुल्यवृद्धिले विद्यार्थीसँगै आमसर्वसाधारणलाई मारमा पारेकोले विरोध कार्यक्रम गरिएको हो ।
उनका अनुसार महेन्द्र बहुमुखी क्याम्पस धरानमा विद्यार्थी संगठनहरुको संयुक्त वैठक बसेर मुल्यवृद्धि विरुद्ध मुख्य क्याम्पस र जिल्लामा संयुक्त विरोध प्रर्दशन गर्ने निर्णय भएको थियो । सोही निर्णय अनुसार धरानमा विरोध कार्यक्रम भएको हो । यसैगरि, मंगलबार आयल निगमलाई एक व्यक्ति १ रुपैया सडकमा संकलन गरेर बुझाउने पनि संयुक्त विद्यार्थी संठनको बैठकले निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।