धरान: सरकारले लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

आज शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस्तै, हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द गरिनेछ । यसैगरि, कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । सुरक्षा परिषद् बैठकको सिफारिश अनुसार यो निर्णय भएको हो । एक मन्त्रीका अनुसार यो अवधिमा विज्ञहरुसँग परामर्श गरेर लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ ।