विराटनगरः प्रदेश एक सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि विपक्षी दलहरुले निर्मम टिप्पणी गरेका छन् । आज प्रदेश प्रमुख सोमनाथ अधिकारीले करिव अढाइ घण्टा लगाएर संसदमा प्रस्तुत गरेको नीति कार्यक्रम माथि विपक्षी दलहरुले भने कडा शब्दमा टिप्पणी गर्दै निराशाजनक भएको बताएका छन् ।

प्रमुख विपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता राजिव कोइरालाले कृषि खचिर्एका अधिक शब्दले कार्यान्वयनमा शंका उब्जिएको भन्दै कार्यक्रमको पहिलो पेजबाटै निराशावादी सोच हावी भएको तर्क गरे । उनले पुुँजिगत खर्च ४० प्रतिशत सम्म पुुर्याउन सकिन्छ की भनेर आँफैमाथि विश्वास नगर्नु र राज्यको कुल आयमा १४ प्रतिशत सम्म योगदान गर्न सक्ने प्रदेश एकको आधारमा आँफैले प्रश्न गर्नुले सरकार आँफै निराशावादी सोचले ग्रस्त भएको प्रतिक्रिया दिए ।

कृषि क्षेत्रलाई व्यापाक रुपमा समेट्ने प्रयास भए पनि कार्यान्वयमा समस्या देखिन सक्ने अघिल्ला कार्यक्रमको नजिर रहेको उनको प्रस्टोक्ती छ । त्यस्तै शिक्षा क्षेत्रमा सरकारको नीति कार्यक्रमले कम फोकस गरेको कोइरालाको ठहर छ । ‘शिक्षामा यो गर्ने त्यो गर्ने भन्ने आयो ।’ उनले भने ‘शिक्षा क्षेत्रका मुुर्त कुरा कार्यक्रममा अटाएन ।’

 स्वास्थ्य क्षेत्रमा हरेक जिल्लामा एक सय वेडको अस्पताल बनाउने प्रदेश एक सरकारको कार्यक्रम पुरा नहोला भन्ने उनको शंका रहेको छ । भइरहेकै वेडलाई थाती राख्दै बरु आइसियू सेवाको विस्तार गर्नुपर्ने उनको भनाई छ । प्रादेशिक खेलकुद विकास वोर्ड गठन गर्ने भन्ने कुराले राष्ट्रिय खेलकुद परिषदसँग संगठनात्मक संरचना बाझिन सक्ने भन्दै यसमा विशेष ध्यान नदिए खेलकुद क्षेत्रको विकासमा अवरोध हुने उनको आशंका रहेको छ ।

pradesh pramukha 5

नेता कोइरालाले सरकारले अघिल्ला कार्यक्रमहरुले सरकार लक्ष्यमा पुुगो की पुुगेन भनेर समिक्षा नै नगरी बजेट ल्याएको र यस पटक पनि उहि गल्ति दोहोर्याउन सक्ने भन्दै विशेष सतर्कता अपनाउन सरकारलाई आग्रह गरे । आजको ताजा नीति कार्यक्रममा उनको सटिक विश्लेषण छः ‘लक्ष्यमा पुुग्न सक्दैनौँ । ल्याउनका लागि ल्याइएको मात्र भने जस्तो देखिन्छ ।’

यता समाजवादी दलका नेता जयराम यादवले भने प्रदेश एक सरकारको नीति कार्यक्रम मै कोरोना लागेजस्तो देखिएको टिप्पणी गरे । उनले भने ‘जनताको हित र विकासका लागि भन्दा पनि व्यक्ति विशेष र दलगत विशेषका नेता कार्यक्रकर्तालाई मात्र फाइदा पुुर्याउने गरि कार्यक्रम ल्याएको ।’
यादवले विगतका कार्यक्रम पनि नारैनारा मात्र रहेको स्मरण गर्दै ति  नाराले ३ वर्षसम्ममा पुरा हुन नपाएको बताए । उनले कोभिड१९ सँग जुुध्न पुरा गर्नसक्ने खालका सीमि कार्यक्रम ल्याउनुुपर्नेमा वितरणमुखी कार्यक्रम बनाइएको प्रति आपत्ति प्रकट गरे ।