धरान: नेकपा एमालेको १० औं महाधिवेशन प्रतिनिधिमा सुनसरी क्षेत्र नं १ बाट पनि सहमतिबाट प्रतिनिधिहरु चयन भएका छन् ।
खुलातर्फ ६ जना र महिलातर्फ ३ जना गरि ९ जना प्रतिनिधिहरु चयन भएका छन् । क्षेत्र नं १ मा प्रतिनिधिको लागी धेरैको उम्मेदवारी परेपछि सहमतिको प्रयास गरेपनि वार्ता सफल हुन नसकेपछि जिल्ला कमिटीलाई नै प्रतिनिधि छनौट गर्ने जिम्मा दिइएको थियो । सोही अनुसार एमाले सुनसरी जिल्ला पार्टी कार्यालयले आज बिहान ९ जना प्रतिनिधिहरुको नाम फाइनल गरेको हो । अन्य ३ वटा क्षेत्रबाट जाने प्रतिनिधिहरुको नाम हिजो नै फाइनल भइसकेको थियो ।
प्रतिनिधिको लागी क्षेत्र नं १ बाट जयकुमार राई, रमेश बस्नेत, विजय राई, मिनकुमार सुब्बा, राम आङबुहाङ र योग्यराज खड्का छनौट भएका छन् । यस्तै, महिलातर्फ विणा खनाल, रुफिना गुरुङ (राई) र लहरु माया जिमी पनि प्रतिनिधि छनौट भएका छन् ।
यसैगरि, सुनसरीबाट दलित क्षेत्रबाट पनि महाधिवेशन प्रतिनिधिमा ४ जनाको नाम छनौट भएको छ । एमाले सुनसरीका अनुसार लालबहादुर सेन्च्युरी, घनश्याम मंग्राती(सुमन), पार्वता कुमारी बराईली र धनबहादुर विश्वकर्मा(डि.बि.शाह शंकर) प्रतिनिधिमा छनौट भएका छन् । एमालेको १० औं महाधिवेशन यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा सम्पन्न हुदैछ ।