धरान: नेपाली कांग्रेसको प्रदेशसभा सुनसरी १(२) तर्फको निर्वाचनमा १५१ मतगणना सकिदा मुरारी भटट्राईको प्यानलले अग्रता लिएको छ ।

धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा रहेको मतदान केन्द्रमा जारी मतगणना अनुसार सभापतिमा भट्टराईले ८१ मत पाएका छन् भने अजय राईले ६८ मत पाएका छन् । यसैगरि, उपसभापतिमा भट्टराई प्यानलका चन्द्रबहादुर मगर अनिलले ९१ मत पाएका छन् भने डिल्लीसेर राईले ७४ मत पाएका छन् । उपसभापतिमा राई प्यानलका सन्देश श्रेष्ठले ५६ र अमृतबहादुर खड्काले ५० मत पाएका छन् ।

यस्तै, सचिवमा भट्टराई प्यानलका राजेन्द्र खड्काले ८२ र विजय घिमिरेले ७८ मत पाएका छन् भने राई प्यानलका उम्मेदवार संगीता राईले ७४ र सुरजप्रसाद अधिकारीले ४४ मत पाएका छन् । यसैगरि, सहसचिवमा भटराई प्यानलका उम्मेदवार रोहित काफ्लेले ८५ र मञ्जु राईले ८५ मत पाएका छन् भने राई प्यानलका श्रवण धामीले ५० र बिक्रम राईले ५५ मत पाएका छन् ।