धरान: नेपाली कांग्रेस प्रदेश १ निर्वाचनको मतगणना जारी छ । विराटनगरमा भइरहेको गणनामा ८०० मत गणनाको परिणाम सार्वजनिक भएको छ । 

हालसम्म ८ सय मत गणना हुँदा सभापतिमा संस्थापन इतर पौडेल कोइराला समुहका गुरुराज घिमिरे अगाडि छन् । उनले ४०८ मत ल्याएका छन् भने सभापतिमा संस्थापन समुहका उम्मेदवार उद्धव थापाले ३६२ मत पाएका छन् । यसैगरि, उपसभापतिमा भने संस्थापन समुहका रमेशजंग रायमाझी ३८९ र टंकप्रसाद राई ३७३ मत ल्याएर अगाडि छन् भने इतर समुहका गोविन्दप्रसाद ढुंगाना ३४८ र विश्वनाथ रिजाल ३२४ मत पाएका छन् । 

यस्तै, महामन्त्रीमा इतर समुहका उमेश थापाले ३८५ र दिपन कुमार श्रेष्ठले ३५८ मत पाएका छन् भने संस्थापन समुहका उम्मेदवार पदम सुन्दर पालुङ्वा ३६१ र भुपेन्द्र राईले ३५७ मत पाएका छन् । महिला सहमहामन्त्रीमा इतर समुहकी उम्मेदवार सीता कार्की ३७५ मत पाएकी छिन् भने संस्थापन समुहकी प्रमिला कुमारी गच्छेदारले ३६१ मत पाएकी छिन् । 

यस्तै, सहमहामन्त्री (खुल्ला)मा  संस्थापन समुहका खड्ग फागोले ४६० मतर विनोदकुमार साहले ३०४ मत ल्याएका छन् भने इतर समुहका रोहितकुमार साहले ३०४ र वीरकाजी राईले ३०६ मत ल्याएका छन् । अर्का उम्मेदवार शुभचन्द्र राईले ३६ मत मात्र पाएका छन् ।