धरान: नेपाली कांग्रेस प्रदेश नम्बर १ को निर्वाचनमा २ मतले पराजित भएपछि सभापतिका उम्मेदवार गुरुराज घिमिरले पुनः मतगणनाको माग गर्दै निवेदन दिएका छन् ।
उनले पुनः मतगणनाको माग गर्दै केन्द्र र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिएका हुन् । परिणाममा चित्त नबुझे पछि पुनः मतगणनाको माग गर्दै निवेदन दिएको उनले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् । संस्थापनइतर समुहबाट सभापति उम्मेदवार बनेका घिमिरे संस्थापनका उम्मेदवार उद्धव थापासँग २ मतले पराजित भएका थिए ।
सभापतिमा विजयी भएका थापाले ८४४ मत पाएका छन् भने घिमिरेले ८४२ मत पाएका छन् । अन्य पदाधिकारीहरुमा पनि एक महामन्त्रीबाहेक सबै थापा प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । संस्थापनइतर पौडेल कोइराला समुहका महामन्त्री उम्मेदवार उमेश थापाले मात्र जितेका छन् ।