धनकुटाः प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा पत्रकार रबिन कट्टेल निर्वाचित भएका छन् ।
धनकुटामा बिहिबार सम्पन्न प्रेस चौतारीको ९ औं जिल्ला अधिवेशनले कट्टेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । बिगत १३ बर्षदेखि पत्रकारितामा सक्रिय उनी पत्रकार महासंघ धनकुटाका कोषाध्यक्षसमेत हुन् ।
समितिको खुल्लातर्फको उपाध्यक्षमा विश्वराज श्रेष्ठ र समावेशीतर्फको उपाध्यक्षमा मनिषा पोख्रेल चयन भएका छन् । सचिवमा भीम मल्ल छानिदा सह–सचिवमा खुल्लातर्फ डम्बरु दाहाल र समावेशीतर्फ माया राउत तथा कोषाध्यक्षमा रविन्द्र रणपहेली चयन भएका छन्।
समितिको सदस्यहरुमा विनु चेम्जोङ्ग, सन्तोष सुवेदी, विश्वजित देउजा, गोमा ढुंगाना, प्रेमा सुब्बा, अनिता राई, कल्पना तामाङ्ग, कृष्णा राई, सष्टिका राई, रुपा वनेम, अनिसा रुचाल र प्रज्वल कटेल निर्वाचित भएका छन् । अधिवेशनले भरत थोक्लेनलाई सल्लाहकार चयन गरेको छ । थप सल्लाहकारहरु जिल्ला कार्य समितिको बैठकले मनोनित गर्ने नव निर्वाचित अध्यक्ष कटेलले जानकारी दिए ।