धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ जना र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ३६७, सुनसरीमा २४२, झापामा १६८, धनकुटामा ७, उदयपुरमा ६, इलाममा ४, खोटाङमा ३, ताप्लेजुङ, ते¥हथुम, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २७६, बेलबारीमा ३६, सुन्दरहरैचामा १४, बुढीगंगामा १०, कटहरी,  उर्लाबारी र स्थानीय तह नखुलेका ५–५, ग्रामथान र पथरीशनिश्चरेमा ४–४, कानेपोखरीमा ३, रतुवामाईमा २, धनपालथान, जहदा र रंगेलीमा १–१ जना छन् । सुनसरीको धरानमा १२१, इटहरीमा ७६, रामधुनीमा ९, इनरुवा र बराहक्षेत्रमा ७–७, दुहवी, हरिनगर र स्थानीय तह नखुलेका ४–४, गढीमा ३, भोक्राहानरसिंह, बर्जु र कोशी गाँउपालिकामा २–२, देवानगञ्जमा १ जना थपिएका छन् ।

यस्तै,  झापाको दमकमा ३७, विर्तामोडमा ३१, भद्रपुरमा २४, कनकाईमा २०, मेचीनगरमा १७, शिवसताक्षीमा १५, अर्जुनधारामा ६, गौरादह , हल्दिबारी र स्थानीय तह नखुलेका ४–४, कचनकवल र बुद्धशान्तिमा २–२, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ जना छन् भने धनकुटाको धनकुटा नगरपालिकामा ५, चौवीसे र महालक्ष्मीमा १–१, उदयपुरको त्रियुगामा ४, बेलका र उदयपुरगढीमा १–१, इलामको इलाम नगरपालिकामा २, सुर्योदय र चुलाचुलीमा १–१ जना छन् ।

खोटाङको खोटेहाङ, दिक्तेल रुपाकोट मझुवागढी र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ, तेह्रथुमको म्याङलुङ, संखुवासभाको मादी र भोजपुरको भोजपुर नगरपालिका १–१ र प्रदेश १ बाहिरका ४५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसैगरि, प्रदेश १ मा थप २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १०७ महिला र १३६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष र एक महिला छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ४५४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।