धरान: धरानको वडा नं २० स्थित पकुवा खोलामा ड्याम (बाँध) र पानी सुद्ध बनाउन फिल्टर निर्माण भइरहेको छ । 

रावाखोला सेरोफेरो युके, किरात साम्पाङ राई जुम्लेखा युके र रिदम फण्डस् युकेले बाँध र फिल्टर निर्माण गरिदिन लागेको हो । एक सातादेखि पकुवा खोलामा निर्माण कार्य भइरहेको छ । पकुवा खोलाबाट ल्याउने पानीको स्रोत बढाउन बाँध निर्माण भइरहेको हो भने पानी सुद्ध गर्न फिल्टर पनि निर्माण भइरहेको छ । दुवै कार्यको लागी जिम्मेवारी पाएका पुर्वब्रिटिश आर्मी हर्कराज राईका अनुसार कुल २० लाख रुपैया लगानीमा बाँध र फिल्टर निर्माण भइरहेको हो । उक्त लागतमध्ये १६ लाख फिल्टरको लागत हो भने बाँधमा ४ लाख बढी हुनेछ । फिल्टर अत्याधुनिक हुने पनि उनले बताए । 

भिडियो:

मेयर हर्क साम्पाङ मेयर भएपछि धरानको वडा नं २० मा अवस्थित पकुवा खोला निक्कै चर्चित बन्यो । पकुवा खोलाबाट पिउने पानी वडा नं ११ का बासिन्दालाई ल्याउन करिब ७ महिना अघि वृहत श्रमदान अभियान चलेको थियो । त्यसबेला इन्टेक र एउटा कलेक्सन च्याम्बर बनाइएको थियो भने पाइपलाइन विस्तार गरेर वडा नं ११ मा खानेपानी बोर्डको पाइपलाइनमा जोडिएको थियो । अहिले पनि उक्त पाइपलाइनबाट पकुवाको पानी निरन्तर आइरहेकै छ । 

मेयर साम्पाङले बाँध निर्माण भएपछि पानी अझै थपिने र राहत पुग्ने बताए । फिल्टर निर्माण पछि उपभोक्ताको घरसम्मै सुद्ध पिउने पानी पुग्ने पनि उनले बताए । आज (शनिबार) पकुवामा भइरहेको निर्माण कार्यमा वृहत श्रमदान भएको थियो । सप्तरीबाट पनि श्रमदान गर्न आएका थिए । 

pakuwa1

harka-ekdev2

pakuwa

pakuwa2