काठमाण्डौं: विभाजनको संघारमा रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति गठन गरेका छन् । आज बिहान बालुवाटारमा आफु निकट केन्द्रीय सदस्यहरुको बैठक राखेर ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठनको घोषणा गरेका हुन् । नेकपा केन्द्रीय समितिमा ४४६ जना ...
धरान: प्रदेश नं १ को प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा विराटनगरका अग्रज पत्रकार यज्ञप्रसाद शर्मालाई नियुक्त भएका छन् । आज सोमबार दिउँसो ४ बजे बसेको प्रदेश १ मन्त्रीपरिषद बैठकले पत्रकार शर्मालाई प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्ती गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं ...
काठमाण्डौं: प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । संसद विघटन गरेर निर्वाचन घोषण भएको भोलीपल्ट आज देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैलाई निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका हुन् । प्रधानमन्त्री ओलीले सरकारमाथि असहयोग र घेराबन्दीको कारण नै संसद ...
धरान: नगर गौरवको आयोजनामा छनौट भएको धरान ११ स्थित चतरा मार्गको शिलान्यास गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आइतबार उक्त सडक तथा ढल निर्माण कार्यको शिलान्यास गरेका हुन् । स्वास्तिका चोकदेखि मंगलबारेसम्म १२४० मिटरको यो सडक तथा ढल आगामी एक बर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता छ । यो ...
काठमाण्डौं: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटि बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। संसद विघटन भएपछि आज बसेको स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पर्सि पुष ७ गते आकस्मिक केन्द्रीय कमिटि बैठक पनि बोलाउने निर्णय गरेक ...
धरान:संसद विघटन गरिएपछि सरकारमा रहेका ७ जना मन्त्रीहरुले सामुहिक राजिनामा दिएका छन् । राजिनामा दिनेहरुमा सबै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नपाल समुहका मन्त्रीहरु छन् । राजीनामा दिने मन्त्रीहरूमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उर्जा जलस्रोत तथा स ...
धरान: संसद विघटन गर्ने निर्णयविरुद्ध धरानमा नेकपाकै नेता, कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् । नेकपाका प्रदेश, जिल्ला र धरानका नेता, कार्यकर्ताहरुले संसद विघटनको सिफारिश खारेजको माग गर्दै धरानमा प्रर्दशन गरेका हुन् । धरान १ छाताचोकस्थित पार्टी कार्यालयबाट निस्केको जुलुश भानुचोकसम्म पुगेको थियो ...
काठमाण्डौं: राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आज आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ। साथै निर्वाचन आगामी बैशाखमा २ चरणमा हुने पनि विज्ञप्ती ...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसँगै प्रतिनिधिसभाको चुनाव आगामी वैशाख २३ गते गर्न सिफारिस गरेका छन् । मन्त्रीपरिषद बैठकबाट संसद विघटनको सिफारिश भएलगत्तै राष्ट्रपति भेट्न सितल निवास पुगेका प्रधानमन्त्री ओलीले बैशाख २३ मा चुनावको सिफारिश गरेको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्ड ...
धरान: मन्त्रीपरिषद बैठकबाट संसद विघटनको सिफारिश गर्ने निर्णय गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति कार्यालय पुगेका छन् । प्रधानमन्त्री ओली संसद विघटनको सिफारिश लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सितल निवास पुगेका छन् । नेकपाभित्रको आन्तरिक विवाद टुंगोमा नपुग्दा अन्ततः संसद विघटन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित