धरानः सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले धरानको मेयर र उपमेयरका उम्मेद्वार आजसम्म पनि टुंगो लगाउन सकेको छैन। बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि आज उम्मेद्वारी मनोनयनको अन्तिम दिन हो । धरानमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मेयर र उपमेयरमा चुनावी गठबन्धन छ भने ...
धरान: गठबन्धनबाट अलग्गिएको जनता समाजवादी पार्टी (जसपा) ले धरानको मेयर र उपमेयरको उम्मेद्वार तय गरेको छ । जसपाले मेयरमा ताजुब लिम्बुलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने उपमेयरमा विना कुमारी राई (पुमा)लाई उम्मेदवार बनाउने भएको छ । मेयरका उम्मेद्वार लिम्बु जसपाको धरान उपमहानगर कमिटी अध्यक्ष ह ...
धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरानको मेयरमा ५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने उपमेयरमा उम्मेदवारी दिनेको संख्या ४ पुगेको छ । धरानको निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ता गर्ने पहिलो दिन आइतबार एक स्वतन्त्रसहित ५ जनाले मेयरमा उम्मेदवारी दर्ता गराएका छ ...
धरान: नेकपा एमालेबाट धरान उपमहानगरपालिकाको मेयरमा टिकट पाएपछि उपमेयर मञ्जु भण्डारीले पदबाट राजिनामा दिएकी छिन् । उनले आज मेयर तिलक राईले राजिनामा पत्र बुझाएकी छिन् । बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा उनलाई एमालेले मेयरमा उठाउने निर्णय हिजो शनिबार गरेको थियो । निर्वाचनमा उम्मेदवारी दिन ...
धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि आज र भोली देशभर उम्मेद्वारी मनोनयन दर्ता हुदैछ । धरानमा पनि पब्लिक हाईस्कुलको प्राविधिक भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने कार्यक्रम छ । सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार बिहान १० बज ...
धरान: बैशाख ३० गतेको निर्वाचन नजिकिदै गर्दा सत्तारुढ गठबन्धनमा एकपछि अर्को ट्विष्ट आइरहेको छ । शनिबार दिउँसो मात्र धरानमा चुनावी गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको थियो भने अन्य ३ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले वडा सदस्यसम्म सिट बाँडफाँड गरेका थिए । ...
धरान: धरानको मेयरमा मञ्जु भण्डारी सुवेदीलाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ । आज शनिबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले धरानको मेयरमा भण्डारीलाई मेयर बनाउने निर्णय गरेको हो । उपमेयरमा पदम इस्वो लिम्बुलाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ । मेयरका उम्मेदवार भण्डारी ए ...
धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न धरानका थप २ वडाअध्यक्षले पदबाट राजिनामा दिएका छन् । धरानको वडा नं १ र ४ का वडाअध्यक्षले पनि पदबाट राजिनामा दिएका हुन् । योसँगै राजिनामा दिने वडाअध्यक्षहरुको संख्या ८ पुगेको छ । वडा नं १ का अध्यक्ष रोशन अधिकारीले पनि पदबाट राजिनामा दिएका छन् भ ...
धरान: नेकपा एमालेबाट निवार्चित धरानको वडा नं ४ का वडाअध्यक्ष मानबहादुर राई एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । वडा अध्यक्षबाट पनि आज (शनिबार) नै राजिनामा दिएका राईले एमाले परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । वडाअध्यक्षमा पुनः उम्मेदवार हुन चाहेका राईले एमालेबाट टिकट पाउने सम्भ ...
धरान: धरानमा सत्तारुढ दलहरुको चुनावी गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा वडाको भागवण्डामा सहमति भएपनि वडा सदस्यहरुको भागवण्डामा सहमति जुट्न नसकेपछि जसपा गठबन्धनबाट बाहिरिएको हो । यसअघि जसपाले २ वडा १० र १९ दुई वटा वडाअध्यक्ष भाग पाउने सहमति ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित