धरान: कोभिड संक्रमणको अझै पुर्णरुपमा नियन्त्रण नभएको भन्दै जिल्ला प्रशासन कार्यालयले मोरङमा थप एक साता निषेधाज्ञा जारी गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले असार १४ गते मध्यराती १२ बजेसम्म निषेधाज्ञा जारी गरेका हुन् । आज मध्यराती १ बजेदेखि लागु हुने गरि थप गरिएको निषेधाज्ञा अव ...
धरान: धरानको सेउती खोलामा बर्षाको बेला ठुलो बाढी आउछ । उक्त बाढीले खोला किनारमा रहेको वस्तीलाई हरेक बर्ष जोखिम मात्र होइन, क्षति पनि पुर्याउने गरेको छ । यसपाली पनि बर्षा लागेसँगै सेउती खोला किनारमा रहेको धरान ५, तल्लो देउरालीका बस्तीबासीहरु चिन्तित छन् । उनीहरुले वस्ती जोगाउनको लागि सेउती खोला ...
धरान: धरान उपमहानगरपालिकाले कृषकहरुलाई कालो बंगुरको पाठा/पाठी वितरण गरेको छ । उपमहानगरले २५ जना कृषकहरुलाई प्रतिव्यक्ति ४ वटाका दरले १ सय वटा कालो बंगुरको पाठा/पाठी वितरण गरेको हो । धरान १३ स्थित कृषि उपज बजारमा आज एक कार्यक्रमको आयोजना गरि धरानका मेयर तिलक राईले कृषकहरुलाई कालो बंगुरको पाठा÷पा ...
धरान: प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट प्रदेश सभामा पेश गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङले मंगलबार प्रदेश सभामा बजेट पेश गरेका हुन् । उनले विनियोजनमध्ये चालु तर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात ४३ दशमलव ६ प्रतिशत, पुजीगततर्फ १५ ...
धरान: प्रदेश नं १ सरकारले आगामी आर्थिक बर्षको बजेट प्रदेशसभामा पेश भएको छ । आज बिहान मन्त्रीपरिषद बैठक बसेर आगामी आर्थिक बर्षको बजेट स्वीकृत गर्दै प्रदेशसभामा पेश गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अहिले आर्थिक मामिला तथा अन्तारिक मामिला मन्त्री टंक आङबुहाङले बजेट प्रस्तुत गरिरहेका छन् ।&n ...
धरान: सुनसरीमा आजदेखि खाद्यान्न, तरकारी, दुधडेरी तथा माछामासु पसलहरु खोल्ने समय परिवर्तन भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले असार ७ गतेसम्म निषेधाज्ञाको समय थप गर्दै पसलहरु खोल्ने समय पनि परिवर्तन गरेको हो । बिहान ५ बजेदेखि ११ बजेसम्म मात्र खाद्यान्न, तरकारी, दुधडेरी तथा माछा मासु पसलहरु ...
धरान :सुनसरीमा एक साताको लागि निषेधाज्ञा थपिएको छ । असार १ गतेदेखि ७ गतेसम्मको लागि निषेधाज्ञाको समय बढाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । प्रजिअ ढकालका अनुसार खाद्यान्न, दुध, डेरी, पुस्तक पसल, माछा मासु तथा फलफुल, तरकारीको पसलहरु बिहान ५ बजेदेखि ११ बजेसम्म मात् ...
इटहरीः रानी–धरान जोड्ने ६ लेन सडक अन्तर्गत इटहरी खण्डमा कमसल निर्माण भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । इटहरी उत्तरतर्फ संगीत चौकबाट निकास हुने ढललाई मुख्य राजमार्गबाट कटाउँदा कलभर्ट बनाउनेपर्नेमा ह्यूम पाइप मात्र हालिएको भन्दै स्थानीयले विरोध जनाएका हुन् । करिब १ सय ८० फिट लामो सडकको ...
धरान: संक्रमण दर कम हुदै गएको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले आज (बिहिबार)देखि निषेधाज्ञा खुकुलो पारेको छ । निषेधाज्ञाले सर्वसाधारणलाई कठिनाइ पारेको बिषयलाई पनि मध्यनजर गर्दै निषेधाज्ञा खुकुलो पारिएको प्रशासनको भनाई छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले हिजो बुधबार आदेश ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले भोली बिहिबारदेखि जिल्लामा निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ । हाल संक्रमण दर कम हुदै गएको र निषेधाज्ञाले सर्वसाधारणलाई परेको कठिनाईलाई मध्यनजर गर्दै भोली बिहिबारदेखि निषेधाज्ञा खुकुलो पारिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । उनक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित