धरान: उनको खास घर मोरङको सुन्दर हरैचा नगरपालिका वडा नं ४ त्रिवेणी चोक हो । आमा बुबा उतै बस्छन् । तर यी २५ बर्षीया विद्या राई भने विगत २ बर्षदेखि उदयपुरको बेलका नगरपालिकास्थित भागलपुर भन्ने ठाउँमा छिन् । सानैदेखि तेक्वान्दो खेलमा लागेकी विद्या अचेल भने आफुजस्तै खेलाडी उत्पादनमा लागेकी छिन् ...
धरान: कोरोना महामारीको कारण लामो समय रोकिएको साहसिक खेल प्याराग्लाइडिङको प्रशिक्षण प्रदेश नं १ मा पुनः सुचारु भएको छ । उदयपुरको बेलका नगरपालिका ८ सोमबारे(वोप्ताङ)मा आधारभुत बिगिनर्स कोर्ष र टेण्डम (टि वान) कोर्ष भइरहेको छ । बिगिनर्स कोर्ष ८ औं ब्याच हो भने टि वान कोर्ष गर्र्नेहरु दोस्रो ब्याच हुन् ...
धरान: कोरोना महामारी र लकडाउनको कारण बन्द भएको धरान १७ स्थित एन्फा एकेडेमीलाई पुनः सञ्चालन गर्ने तयारी थालिएको छ । स्कुलहरु पनि सञ्चालन हुने सम्भावना बढेपछि एन्फा एकेडेमी मेनेजमेन्ट कमिटीले एकेडेमीलाई सञ्चालन गर्ने तयारी गरेको हो । हाल एकेडेमीलाई धरान उपमहानगरपालिकाले क्वारेन्टिनस्थलकोरुपमा प्रयोग ...
विराटनगर: सहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडानको काम शुरु भएको छ । फ्लड लाइट जडानका लागि मास्ट राख्ने कार्य आजदेखि शुरु भएको हो । मास्ट राख्ने कार्यको शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सहिद रंगशालालाई समयानुकल अत्याधुनिक रंगशालाका रुपमा निर्माण गर्ने बताए । विराटनगरलाई खेलकुदमय ब ...
धरान: प्रदेश नं १ को एक मात्र गल्फ कोर्ष धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र छ । यो गल्फ कोर्ष १८ होलको रहेको छ । गल्फ कोर्ष र गेष्ट हाउस निर्वाणा कन्ट्री क्लब एण्ड हेल्थ रिसोर्टले प्रतिष्ठानसँग लिजमा लिएको थियो । तर, सम्झौता अवधि सकिनु अगावै गत फागुनमा निर्वाणाले एक्कासी ...
धरान: धरान ३ नं वडा माछाभौडीस्थित खाली जग्गामा वडाका युवाहरु मिलेर व्याडमिन्ट कोर्ट निर्माण गरेका छन् । साविक युवा संघ धरान उपमहानगर कमिटि सदस्य एवं ३ नं वडा युवा इन्चार्ज साइमन श्रेष्ठ (जन्जु) र विक्रम श्रेष्ठको पहलमा कोर्ट निर्माण भएको हो । साविक युवा संघ आर्थिक विभाग केन्द्रिय सदस्य दीपक वनेपाली ...
धरान: प्रथम पटनाली च्यालेञ्ज कपको उपाधि बराहक्षेत्र फुटबल क्लबले जितेको छ । धरान १७ स्थित पटनाली खेल मैदानमा आज भएको फाइनल खेलमा गोधुली क्लबविरुद्ध टाइब्रेकरमा ५–४ को रोमाञ्जक जित हात पार्दै बराहक्षेत्रले उपाधि उचालेको हो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब ...
धरान: लकडाउनको कारण लामो समय रोकिएको धरान रन आजदेखि सर्वसाधरणको लागि समेत शुरु भएको छ । धरान रन संस्थाको आयोजनामा “स्वच्छ धरान, स्वस्थ्य धरान” नाराका साथ हरेक हप्ताको शनिवार बिहान हुने दौड ४६४ औ हप्ता पुरा भएपछि रोकिएको थियो । सरकारले खेलकुद गतिविधि खुला गरेपछि करिव ८ महिना पश्चात ४७० औ ...
धरान: धरान–१७ स्थित पट्नालीमा जारी प्रथम पट्नाली च्यालेन्ज कपको फाइनलमा बराहक्षेत्र फुटबल क्लब चतरा प्रवेश गरेको छ । आज शुक्रबार भएको अन्तिम सेमीफाइनल खेलमा धरानको ज्योति एफसिलाई १–० गोल अन्तरले हराउदै बराहक्षेत्र फाइनल प्रवेश गरेको हो । खेलमा पहिलो हाफको २६ औं मिनेटमा ज्योति फुटबल क्लब ...
धरान: कोरोना महामारीले खेलकुदका गतिविधिहरु लामो समयसम्म ठप्प भयो । झण्डै ८ महिनादेखि ठप्प भएको खेलकुदका गतिविधिहरु अहिले विस्तारै शुरु हुने क्रममा छ । यही क्रममा धरानमा पनि ट्रायथलन गतिविधि शुरु भएको छ । ट्रायथलन धरान र धरान रनको सहकार्यमा हरेक महिनाको अन्तिम शुक्रबार ट्रायथलन शुरुवात भएको हो । बिह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित