धरान: आइतबार दिउँसो ४ बजेदेखि धरानको भानुचोकमा एक हुल मानिसहरु धर्नामा बसिरहेका थिए । धर्नामा बसेका केही व्यक्तिहरुले मेयर हर्क साम्पाङ शुक्रबार घण्टाघर परिसरमा लागुऔषधविरुद्ध प्रर्दशन गर्न आउदा नजिकै धर्नास्थलमा आएर मागपत्र नबुझेको भन्दै असन्तुष्टी पनि व्यक्त गरिरहेका थिए । ठिक त्यसैबेला आज ( ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले साउन ७ गतेसम्म स्वास्थ्य वीमाको सेवा नरोक्ने भएको छ । यसअघि, असार २० गते सोमबारदेखि स्वास्थ्य वीमाको सेवा स्थगित गर्ने सुचना जारी गरेको थियो । उक्त निर्णयबाट पछि हट्दै प्रतिष्ठानले वीमा सेवालाई साउन ७ गतेसम्म सुचारु गर्ने जनाएको छ । प्रतिष ...
धरान: पकुवा खोलाबारे दुई साता अघिसम्म अधिकांश धरानेहरु नै अनभिज्ञ थिए । धरानको वडा नं २०, विष्णपादुकाबासी र पकुवाको पानी ल्याएर पिउने वडा ११, १७ तिरका मानिस अनि उहिल्यै सानोमा पौडी खेल्न पुग्नेबाहेकलाई पकुवा खोला कता पर्छ भन्ने थाहै थिएन । हिजो आज भने पकुवा खोला भाइरल छ । सामाजिक सञ्जाल फेसबुक, युट् ...
धरान: सिंगापुर पुलिसबाट अवकाश लिएर घर फर्कदा धरान ११ का लुकेन्द्र राईसँग फेरि बेलायत वा अन्य देशतिर जाने अवसर थियो । उनी जागिरमै पनि रहन सक्थे । उनका नम्बरीहरु अझै सिंगापुर पुलिसमै छन् । तर, लुकेन्द्रको सोच अर्कै थियो । उनी आफ्नै देशमा केही गर्न चाहन्थे । समाजको लागि केही योगदान गरेर चिनिन चाहन ...
धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भुमाफियाको कब्जामा पुग्न नदिन मेयर हर्कराज राई (साम्पाङ)ले सरोकारवाला पक्षबीच मेलमिलाप गराउन पहल गरेका छन् । क्याम्पस जग्गा बचाउ समिति, क्याम्पस प्रशासन र मोही हक माग गर्दै मुद्दा दायर गर्ने वास्तविक मोहीका छोरा यज्ञ घिमिरेबीच मेयर साम्पाङले वार्ता गराएका ...
धरान: धरानको वडा नं ५ स्थित मसाने खोलामा आएको बाढी मानव बस्तीमा पसेर क्षति पुर्याउने खतरा बगेपछि स्थलगत निरीक्षणमा पुगेका छन् । निरीक्षण पश्चात जोखिम न्युनिकरण गर्न तत्काल जेसिबि लगाएर खोलालाई बीच भागमा च्यानलिङसमेत गरिएको छ । खोलामा मिक्सगिट्टी थुप्रिएर पानी पुल भेट्न लागेको र सतहमाथिबाट वस्तीतिर ख ...
धरान: मेयर हर्कराज राई (साम्पाङ)ले वीपी प्रतिष्ठानलाई स्वास्थ्य वीमा सेवा नरोक्न आग्रह गरेका छन् ।प्रतिष्ठानका अधिकारी तथा सम्बन्धित महाशाखाका कर्मचारीहरुलाई बुधबार छलफलमा बोलाएर मेयर साम्पाङले वीमा सेवा नरोक्न भनेका हुन् । मेयरले बोलाएपछि छलफल गर्न वीमा हेर्ने २ कर्मचारीसहित डेपुटी निर्देशक डा ...
धरान: हिजो (बुधबार)देखि सुनसरीमा परेको अबिरल बर्षाले आधा दर्जन बढी स्थानीय तहमा क्षति पुगेको छ । ती मध्ये सबैभन्दा बढी भोक्राहा नगरसिंह गाउँपालिका प्रभावित भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पछिल्लो जानकारी अनुसार भोक्राहा नगरसिंहको वडा नं ७ ...
धरान: अबिरल बर्षाको कारण आएको बाढीले सुनसरीको धेरै स्थान डुबानको चपेटामा परेको छ । डुबानको कारण २ सय भन्दा बढी मानिस विस्थपित हुन पुगेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका, बर्जु गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिका सबैभन्दा बढी बाढीको चपेटामा परेको छ । ती स् ...
धरान: सप्तकोशी अत्यधिक बालुवा बगाएर ल्याउने नदीमा पर्छ । यही नदीबाट धरानका मेयर हर्कराज राई (साम्पाङ)ले पानी ल्याएर काकाकुल धरानबासीको तिर्खा मेट्न चाहन्छन् ।कोशीको पानी ल्याउने उनको चुनावी एजेण्डा नै थियो । अहिले संघीय सरकारको खानेपानी मन्त्रालयले कोशीबाट पानी धरान ल्याउने योजनाको लागि डिपिआर तयार ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित