इटहरी/ इटहरीका एक पान पसलेले आफुलाई इटहरीका सरकार प्रमुखले उठिबास लगाउन लागेको दुखेसो गरे । इटहरी उपमहानगरपालिका अगाडी पान पसल गरेर बस्दै आएका सुभाष शाहले आफुलाई इटहरी छोड्न भनेको दुखेसो गरेका छन ।

सुरुमा जबरजस्ति मेरो पान पसल भित्र पसेर भोला र गुडका सबै निकाल्नु भयो र ठिक त्यहि बेला इटहरीका कंग्रेस सभापति हेमकर्ण पौडेल आएर त्यो भोला खोसेर मलाई फिर्ता गरिदिनु भयो । मलाई अत्यन्तै दुख दिईरहनु भएको छ शाह भन्छन् ।

हेमकर्ण दाईलाई देख्ने बितिकै मेयर भाग्नु भयो शाहले भने । पछि मलाई उपनगरपालिकामा बोलाएर दोकानको सबै काज माग्नु भयो र तैले यत्रो पैसा कहाँबाट कमाईस भन्दै गाले गरे उनले दुखेसो गर्दै भने । गाजा पनि बेच्छस तैले यो पसल सार्नु पर्छ भन्दै मेयरले तल्लो स्तरमा गाली गरे उनी भन्छन् ।

pan pasal 1

पछि मलाई नगरपालिकाको कर्मचारी लाई एउटा चिठि पठाएको थियो त्यो चिठिमा मलाई हस्ताक्षर गर्नु भन्दै थिए । तर मैले त्यसमा हस्ताक्षर गरिन । उसले यो सुर्तिजन्य बिक्री गरे बापत बर्षको दुई हजार कर तिदै आएको बताउँछन् । अन्य कर छदै छ ।

शाहले पाचँ जनाको परिवार पान बेचेरै पाल्ने गरेका छन् उनको आमा प्यारालाईसिस छिन् । घर बिपि चोक छ । मासिक १५ देखि २० हजार कमाउने बताउँछन् । सानो पसल भए पनि आठ हजार भाडा तिदै आएको शाह बताउँछन् । २७ बर्ष देखि यो पान पसल गदै आएको थिए अहिले मलाई गरिखान नदिने भए उनले थपे ।

इटहरी उपमहानगरपालिका अगाडिको कोशि होटल व्यवसायको पनि ३ पोका भोला पसल भित्र छिरेर मियरले भोला खोसेर लगेका छन् । उनको सात सयको घाटा भएको होटल व्यवसायी बद्धिराज माबो (लिम्बु) बताउँछन् ।

नगरपालिका अगाडिको घुम्तिमा किरानाका सामन बेच्ने काजी साक्य भन्छन् मेयरको यो व्यवहार ठिक भएन मेयरले यहाँ आएर भोला लग्ने हो कोहि कर्मचारी पठाएर गरेको भए भै हाल्थ्यो नि । मेयर आफै आएर मेरो पसलको भोला लिएर गए उनले भने । साभार:सञ्चारपाटी