धरान: धरान जेसीजको ४४ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा धरान जेसीज वर्ष २०१९ का अध्यक्ष मनिष शाहीले नवनिर्वाचित बर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौलालाई सपथ ग्रहण गराएका थिए । जुनियर जेसीज तर्पm बर्ष २०१९ अध्यक्ष मन्दिप शाहीले नवनिर्वाचित बर्ष २०२० अध्यक्ष शुभम शाक्यलाई पनि सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष निरौलाले पदाधिकारीहरु मनोनित गरेर कार्यसमितिलाई पुर्णता पनि दिएका छन् ।
उनले कानुनी सल्लाहकारमा बर्षा अग्रवाल, महासचिवमा विदुर थापा, कोषाध्यक्षमा अशिषराज यादव र सचिव सरुपा थापा मगरलाई नियुक्त गरेका छन् । यस्तै, अध्यक्षीय सल्लाहकारमा सन्दिप शाक्य, दीर्घकालिन परियोजना सभापति बसन्त कार्मचार्य, तालिम निर्देशक प्रतिक श्रेष्ठलाई मनोनित गरेका छन् । यस्तै, निर्वाचित कार्यकारिणी उपाध्यक्षमा दिनेश तामाङ, रिया श्रेष्ठ, उपाध्यक्षमा सागर प्रसाई, खेमकला काम्बाङ, राजु साह, सलुजा मास्के गरी कुल २५ जनाको सपथ ग्रहण गरिएको थियो ।
प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री विजय कुमार विश्वासको प्रमुख आतिथ्यमा शुक्रबार साँझ आयोजित कार्यक्रममा विशेष अतिथिकोरुपमा प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, धरानका मेयर तिलक राई, प्रदेश नं १ ट्राफिक प्रहरी प्रमुख एसपी भमीबहादुर दाहाल र विराटनगर जेसीजका अध्यक्ष उज्वल खरेल रहेका थिए । प्रमुख अतिथि एवं मन्त्री विश्वासले आगामी दिनमा नेपाल सरकारले सञ्चालन गरेको पर्यटन वर्ष लक्षित कार्यक्रम भिजिट २०२० अभियानलाई सफल पार्न सहकार्य गर्ने समेत जनाकारी गराए ।
हरेक व्यक्ति भित्रको नेतृत्व क्षमतामा निखार ल्याउन सहकार्य र सहजिकरण गर्ने प्रतिबद्धताका साथ धरान जेसीज वर्ष २०२० को लागि “लिड द लिडर्स” भन्ने मुल प्रकरण राखिएको पनि जेसिजले जनाएको छ । सोही कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट कार्य गर्ने जेसीज सदस्यहरुलाई पुरस्कृत समेत गरिएको थियो ।