धरान: विश्वकर्मा जातीको थरगत संस्था गजमेर वंश एकता समाजमा पदम गजमेरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

केन्द्रिय कार्यालय धरान रहेको समाजको छैठौं साधारणसभा तथा तेस्रो अधिवेशनले पदम गजमेरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । शनिबार धरानको गोर्खा किचनमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा मीना गजमेर, महासचिवमा दिनेश गजमेर, सचिवमा हिरालाल गजमेर र कोषाध्यक्षमा मेघराज गजमेरलाई सर्वसम्मत चयन गरेको छ । यस्तै, नयाँ कार्यसमितिको सदस्यहरुमा बराहक्षेत्रबाट दिलु गजमेर, धरानबाट भावना गजमेर, धनकुमार गजमेर, सर्वधन गजमेर, खगेन्द्र गजमेर, सुर्य बहादुर गजमेर, बराहक्षेत्रबाट शान गजमेर, दुहबीबाट शिवनन्दन गजमेर, झुम्काबाट सुर्ज कुमार गजमेर र सुमन गजमेर चयन भएका छन् ।

समाजका अध्यक्ष परशुराम गजमेरको अध्यक्षतामा आयोजित अधिवेशनको उदघाटन गर्दै प्रमुख अतिथि एवं प्रदेश सांसद उमिता बराईलीले दलित आन्दोलनलाई बलियो बनाउन एकताको खाँचो रहेको औल्याइन् । उनले थरगतरुपमा एकता बन्दै शक्तिको रुपमा दलित आन्दोलनमा उपयोग गर्नुपर्नेमा जोडदिइन् । उनले भनिन्, ‘दलित समुदायलाई बलियो बनाउन, जोड्नका लागि थरगत एकता आवश्यक छ, जसले गर्दा समुदायको शक्ति बलियो बनोस् ।’ उनले समुदायले आर्थिक, राजनितिक, सामाजिक क्षेत्रहरुमा बलियो उपस्थिति देखाउन सके समुदायमा हुने गरेको विभेदहरु पनि हट्दै जाने विश्वास व्यक्त गरिन् ।

उदघाटन कार्यक्रममा श्री विश्वकर्मा कल्याण सेवा समितिका उपाध्यक्ष जुद्ध लोहनी, संस्थाका कानुनी सल्लाहकार अवइन्द्र निरौला, प्रमुख सल्लाहाकार रमेश गजमेरले समुदायको क्षमता अभिवृद्धिका लागि समाजको भुमिका महत्वपुर्ण हुनुपर्ने बताए । विश्वकर्मा जाती भित्र पर्ने गजमेरहरुको संस्थागत विकाश सहित क्षमता अभिवृद्धि, उनीहरुको समस्या समाधानका लागि पहल गर्न २०७० सालमा डिल्लीशेर गजमेरको अध्यक्षतामा समाजको स्थापना भएको थियो ।