इटहरी: ढाका कपडामार्फत सुनसरीको तरहराको पहिचान बनाउन इटहरी उपमहानगरले तीन महिने ढाका वुनाई तालिम सुरु गरेको छ ।
“तरहराको सान,घर घरमा ढाका तान” भन्ने नाराका साथ सोमबारदेखि तालिम सुरु भएको हो । उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत आयोजित तालिमको एक समारोहबीच इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले उद्घाटन गरिन् । तालिम सामाजिक विकास मन्त्रालय र नेपाली ढाका बुनाई उद्यमी समूहको सहकार्यमा आयोजना गरिएको हो । तालिममा २० जना महिला सहभागी छन् ।
उपमेयर गौतमले महिलालाई आत्मनिर्भर वनाउदै तरहराको पहिचान ढाका कपडामा स्थापित गर्न तालिम आयोजना गरिएको बताइन् । तालिम लिएका महिला व्यवसायी बन्ने उनले अपेक्षा लिएको उनले बताइन् । बजारको अभाव हुन नदिन उपमहानगरले पहल गर्ने उपमेयर गौतमले प्रतिवद्धता जनाइन् । वक्ता जनप्रतिनिधिहरुले तालिममा सिकेको सीपलाई सदुपयोग गरी आत्मनिर्भर बन्न सहभागीहरुलाई सल्लाह दिए । उद्घाटन कार्यक्रमकी अध्यक्ष कल्पना खडका चौहानले तालिम पछि महिलाहरु उद्यमी बन्ने वताए ।