झापा: झापाको मेचीनगर नगरपालिका६ मेची खोला छेउबाट ठुलो परिणाममा चाँदी र तामाको सामानसहित २ जना पक्राउ परेका छन् ।
आईतवार दिउँसो साँढे ३ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाण्डौ महानगरपालिका ६ बौद्धका ३४ बर्षीय अजित नगरकोटी र काठमाण्डौ महानगरपालिका १ का ३८ बर्षीय श्याम सुनुवारलाई चाँदी र तामाका सामान सहित पक्राउ गरेको हो ।
नगरकोटी र मुखियाको साथबाट प्रहरीले ११ केजी ९०० ग्राम बराबरको चाँदीका सामान र २१ केजी बराबरको तामाका सामान बरामद गरेको हो । पक्राउ परेका मानिस तथा सामान समेत आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको उक्त कार्यालयले जनाएको छ ।