काठमाडौ: पुर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा तुम्बाहाङ्फेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्रीमा नियुक्त गरेकी हुन् । उनले आजै सोमबार दिउँसो ३ बजे राष्ट्रपति भवन शितल निवासमा सपथग्रहण पनि गरेकी थिइन् । उनलाई राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ दिलाएका थिए ।

सपथ ग्रहणलगत्तै मन्त्री तुम्बाहाम्फेले सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार पनि सम्हालेकी छिन् । यसअघि कानूनमन्त्रीको पनि जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थ्एि । रिक्त रहेको सभामुख पदमा नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णयसँगै तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजिनामा दिएकी थिइन् ।